२५ बैशाख २०८३, शुक्रबार | May 8, 2026

लक्ष्मी स्टील र सर्वोत्तम सिमेन्टले तिर्यो डेडिकेटेड तथा ट्रंक लाइनको विद्युत् महसुल बक्यौता



काठमाडौं । डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत खपत गरेर महुसुल नबुझाउने उद्योगहरुको लाईन काट्न थालेपछि ती उद्योगहरुले महसुल बुझाउन सुरु गरेका छन् । नेपाल विद्युत प्राधिकरणले लोड मिलान गर्न महसुल नबुझाएका उद्योगहरुको लाईन काट्न सुरु गरेपछि उद्योगहरुले महसुल बुझाउन थालेका हुन् ।

नवलपरासी .(बर्दघाट सुस्तापश्चिम)को सुनवलमा सञ्चालनमा रहेको लक्ष्मीस्टीलले डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत खपत गरेवापतको बक्यौता महसुल तिर्न सुरु गरेको छ ।

२३ करोड ७९ लाख रुपैयाँबक्यौतामध्ये लक्ष्मी स्टीलले शुक्रबार पहिलो किस्ता बापत ८४ लाख ९८ हजार रुपैयाँ बुझाएको नेपाल विद्युत प्राधिकरण, परासी वितरण केन्द्र प्रमुख सुरज रेग्मीले जानकारी दिए । उद्योगले २८ किस्तामा बक्यौता तिर्ने छ ।

यसैगरी, सुनवलमै सञ्चालित अर्को उद्योग सर्वोत्तम सिमेन्टले बक्यौता बापतको दोस्रो किस्ता बुझाएको छ । २८ किस्तामा बक्यौता तिर्ने प्रतिबद्धता जनाएको उद्योगले शुक्रबार दोस्रो किस्ता पावत ३७ लाख ६३ हजार रुपैयाँ बुझाएको हो । उद्योगको बक्यौता ११ करोड ९६ लाख रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : ९ चैत्र २०८१, शनिबार  १२ : ३२ बजे

अवरुद्ध नारायणगढ-मुग्लिन सडकखण्ड सञ्चालन

काठमाडौं । नारायणगढ-मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । तुइन खोलानजिकै

संघीय संसदका तीन समितिको बैठक आज बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत आज तीन वटा समितिको बैठक बस्ने

हर्क साम्पाङ र सुदन किरातीबीच पार्टी एकतामा सैद्धान्तिक सहमति, आज औपचारिक घोषणा गरिने

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र पूर्वमन्त्री

दोस्रो विश्वयुद्धका पीडितको स्मृति दिवस

काठमाडौं । विश्वका विभिन्न देशमा आज र भोलि दोस्रो विश्वयुद्धका

हिउँचितुवा गणना गर्न ५६ स्थानमा क्यामेरा राखियो

बागलुङ । नेपालको एकमात्र सिकार आरक्ष क्षेत्र ढोरपाटनमा पहिलोपटक हिउँचितुवा