१२ श्रावण २०८३, मंगलबार | July 29, 2026

विद्युत् प्राधिकरण धनगढी वितरण केन्द्रको बक्यौता १८ करोड



कैलाली । नेपाल विद्युत् प्राधिकरण धनगढी वितरण केन्द्रको बक्यौता रकम रु १८ करोड २४ लाख ६२ हजार छ सय ७३ रहेको छ । वितरण केन्द्रको चालु आवको वैशाखसम्म औद्योगिक, घरायसी तथा अन्य ग्राहक र सडकबत्ती बापत उक्त बक्यौता रकम रहेको हो ।

चालु आवको वैशाख मसान्तसम्म औद्योगिक ग्राहकको बक्यौता रकम रु दुई करोड ४९ लाख पाँच हजार चार सय एक, घरायसीको रु दुई करोड २४ लाख ५२ हजार एक सय ६०, अन्यको रु दुई करोड ५३ लाख ५३ हजार ८७ र सडकबत्तीको रु १० करोड ९७ लाख ५२ हजार २५ रहेको वितरण केन्द्रका सहायक लेखा अधिकृत विनोद ढकालले जानकारी दिए।

उनका अनुसार गत आवको असार मसान्तसम्म बक्यौता रकम रु २० करोड १३ लाख २७ हजार थियो । चालु आवमा भने बक्यौता रकम केही घटेको उनको भनाइ छ । चालु आवको वैशाख मसान्तसम्म विद्युत् महसुल भुक्तानी नगर्ने एक हजार पाँच सय ७८ ग्राहकको लाइन काटिएको ढकालले जानकारी दिए ।

“हामीले लामो समय महसुल नबुझाउने ग्राहकको लाइन काटेर रकम असुली गरिरहेका छौँँ”, वितरण केन्द्र प्रमुख मिथिलेशकुमार गोहिवारले भने, “अरूको त रकम आइनै रहेको छ । सडकबत्तीको बक्यौता रकम अलि बढी छ । त्यसका लागि पनि प्रक्रिया अगाडि बढाएका छौँ ।” गत आवभन्दा चालु आवमा बक्यौता रकम घटेको उनको भनाइ छ ।

वितरण केन्द्रका अनुसार गत आवको असार मसान्तसम्म औद्योगिकको रु दुई करोड ४१ लाख ४२ हजार आठ सय ९१, घरायसीको रु पाँच करोड ७९ लाख २८ हजार तीन सय ६९, अन्य ग्राहकको बक्यौता रकम रु एक करोड ४२ लाख २२ हजार तीन सय ६८ र सडकबत्ती बापतको रु १० करोड ५० लाख ३३ हजार तीन सय ७३ रहेको थियो । नियमित महसुल भुक्तानी गर्ने ग्राहक ६२ दशमलव पाँच प्रतिशत रहेका केन्द्रले जनाएको छ । रासस

प्रकाशित मिति : २० जेष्ठ २०८१, आइतबार  १२ : ४६ बजे

दुबईबाट स्वदेश फर्कदै गर्दा फरार प्रतिवादी विमानस्थलबाटै पक्राउ

काठमाडौँ । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी दुबईबाट स्वदेश फर्कदै

सुनसरी घटनालगायत विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी

सुनसरी घटना : शान्ति र सद्भाव कायम गर्न प्रधानमन्त्री कार्यालयको आग्रह

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा

कर्णाली प्रदेशको पाँचौ मुख्यमन्त्रीमा मंगल शाही नियुक्त

सुर्खेत । कर्णालीको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका नेता

शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा

काठमाडौं । व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा