९ श्रावण २०८१, बुधबार | July 24, 2024

गृहमन्त्री लामिछानेविरुद्धको रिटमा अग्राधिकार प्रदान, जेठ २८ गते सुनुवाई हुने



काठमाडौं । सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेविरुद्ध दायर भएको रिटलाई गम्भीर रूपमा लिँदै अग्राधिकार दिएको छ । सर्वोच्च अदालतले सो मुद्दालाई अग्राधिकार प्रदान गर्दै इजलासबाटै सुनुवाइको मिति तोकेको छ।

आइतबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले लामिछानेविरुद्ध अधिवक्ता अनुपम भट्टराईले दायर गरेको रिटमा पहिलो सुनुवाइ गर्दै अर्को सुनुवाइको पेशी पनि तोकेको हो ।

सर्वोच्चले अन्तरिम आदेश जारी गर्ने विषयमा दुवै पक्षबिच छलफल हुनुपर्ने र यो विवाद तत्काल निष्कर्षमा पुग्नुपर्ने भन्दै जेठ २८ गतेका लागि पेशी तोकेको छ ।

अधिवक्ता अनुपम भट्टराईले गृहमन्त्री लामिछाने पदमा रहेर सहकारी ठगीको छानबिन निष्पक्ष नहुने भनी निलम्बनको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । लामिछानेविरुद्ध सहकारी ठगीको कुनै मुद्दा छैन भन्ने महान्यायाधिवक्ता कार्यालयको पत्र खारेज गर्न समेत माग गरिएको छ ।

रिटमा महान्यायाधिवक्ता कार्यालय, महान्यायाधिवक्ता दिनमणि पोखरेल र गृहमन्त्री लामिछानेलाई विपक्षी बनाइएको छ।

रिटमा उपप्रधानमन्त्री तथा गृहमन्त्रीले धारण गरेको जिम्मेवारीले अनुसन्धान प्रक्रियामा अनु्चित प्रभाव र प्रतिकूल असर पार्ने तथा प्राकृतिक न्यायको सिद्धान्त विपरित समेत रहने भएकाले अनुसन्धान प्रक्रिया चलिरहेको अवस्थामा गृहमन्त्रीको पदबाट निजलाई निलम्बन गर्न नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको नाउँमा अन्तरिम प्रकृतिको उपयुक्त आदेश माग गरिएको छ ।

प्रकाशित मिति : २० जेष्ठ २०८१, आइतबार  ५ : ५४ बजे

बाढीले विद्यालय भवनमा क्षति

पर्वत । जिल्लाको पैयुँ गाउँपालिका-५ को बानीडाँडा प्राथमिक विद्यालयमा बाढी

एमाले लुम्बिनी संसदीय दलका नेता लिला गिरीले दिए पदबाट राजीनामा

बुटवल । नेकपा एमाले लुम्बिनी संसदीय दलका नेता लिला गिरीले

सिन्धुलीको मुलकोट र खोटाङको हलेसीमा पौवा रिसोर्ट संचालन

काठमाडौं । नेपालमा पूर्णरुपमा नेपाली हस्पिटालिटी सहित पहिलो सेवा प्रारम्भ

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री आचार्यसहित ८ जना मन्त्रीहरुले लिए पद तथा गोपनियताको शपथ

बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यसहित एमाले-कांग्रेसका ८

काठमाडौं महानगरपालिकामा आजदेखि पोलियो अभियान : घर घरमा पुगेर खुवाइने

काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्रमा आजदेखि ५ वर्ष उमेरभन्दा मुनिका