१७ चैत्र २०८२, मंगलबार | March 31, 2026

केजरीवालले गरे दिल्लीको तिहाड जेलमा आत्मसमर्पण



काठमाडौं । २१ दिनको अन्तरिम जमानतको म्याद सकिएपछि दिल्लीका मुख्यमन्त्री तथा आम आदमी पार्टीका संयोजक अरविन्द केजरीवालले आइतबार दिल्लीको तिहाड जेल पुगेर आत्मसमर्पण गरेका छन् ।

दिल्ली सरकारकी मन्त्री आतिशा मार्लेनाले मुख्यमन्त्री केजरीवालले निर्धारित समयमा आत्मसमर्पण गरेको जानकरी दिएकी हुन् ।

उनले केजरीवालको स्वास्थ्य राम्रो नभएको बताएकी छन् । जेल जानु अघि केजरीवालले सर्वोच्च अदालतले निर्वाचन प्रचारका लागि २१ दिन दिएकोमा धन्यवाद दिएका थिए ।

दिल्ली एक्साइज मुद्दामा जेल सजाय काटिरहेका केजरीवाललाई सर्वोच्च अदालतले मे १० मा जमानत दिएको थियो ।

अदालतले निर्वाचन प्रक्रियामा सहभागी हुन केही दिन धरौटीमा रिहा हुने भएकाले मतदान सकिएपछि आत्मसमर्पण गर्नुपर्ने बताएको थियो ।

प्रकाशित मिति : २० जेष्ठ २०८१, आइतबार  ८ : २८ बजे

रास्वपा सभापति रवि लामिछाने र महन्थ ठाकुरबीच भेट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

लागूऔषधसहित विभिन्न स्थानबाट नौ जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट

संसद सचिवालयले बोलायो सर्वदलीय बैठक

काठमाडौं । संसद् बैठकको तयारीका विषयमा छलफल गर्न संसद सचिवालयले

दार्चुलामा जिप दुर्घटना, सिँचाइका दुई कर्मचारीको मृत्यु

दार्चुला । ओसिलबाट गोकुलेश्वरतर्फ गइरहेको जिप शैल्यशिखर नगरपालिका-४ ओसिल क्षेत्रमा

सुनचाँदीको मूल्य आज पनि बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य बढेको छ