९ श्रावण २०८१, बुधबार | July 24, 2024

महाधिवेशन तोकिएकै समयमा सम्पन्न हुन्छ : अध्यक्ष नेपाल



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीको दशौँ राष्ट्रिय महाधिवेशन तोकिएकै समयमा सम्पन्न गरिने बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा महाधिवेशन तयारीबारे जानकारी दिन आज आयोजित कार्यक्रममा अध्यक्ष नेपालले विगतमा आन्तरिक तथा मुलुकको राजनीतिक तरलताका कारण दुई पटकसम्म सारिएको महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेकाले अब तोकिएकै समयमा महाधिवेशन हुने प्रष्ट पारे ।

निर्धारित समयमै महाधिवेशन सफल पार्न पार्टी मातहतका कमिटीले तीव्ररूपमा कार्यसम्पादन गरिरहेका र दस्तावेज लेखनकार्य सकिएकाले अब राजनीतिक अन्तर्विरोधको सन्दर्भमा थप छलफल गरिने उनले उल्लेख गरे । राष्ट्रियतामाथि सङ्कट गहिरिँदै गइरहेकाले देशका लोकतान्त्रिक र समाजवादी शक्तिहरू एकजुट हुनुपर्नेमा उनको जोड थियो ।

पार्टीका सम्मानित नेता झलनाथ खनालले मुलुकमा विद्यमान गरिबी शोषण, उत्पीडन, भ्रष्टाचार र बेरोजगारी समस्या समधान गर्न समाजवादलाई कार्यान्वयन गर्नुपर्ने बताए । उनले देशमा रहेका सम्पूर्ण समस्या, विकार र बिकृतिको समाधान गर्न सकेमात्र सामाजिक रूपान्तरण कायम हुने धारणा राखे ।

महासचिव घनश्याम भुसालले राज्यका सबै अङ्ग र तहमा भ्रष्टाचार तथा ढिलासुस्ती बढ्दै गएको भन्दै रोजगारी र सुशासनलाई राजनीतिको प्रमुख मुद्दा बनाउनुपर्ने आवश्यकता औँल्याए । उनले कम्युनिष्ट आन्दोलनका विभिन्न अन्योललाई अन्त्य गरी रोजगारी र सुशासनलाई राजनीतिको प्रमुख मुद्दा बनाउन महाधिवेशन सकारात्मक हस्तक्षेप गर्ने संकल्पका साथ आयोजना हुने बताए ।

एकीकृत समाजवादीको महाधिवेशन आगामी असार १६ देखि २० गतेसम्म हुँदैछ ।

प्रकाशित मिति : २० जेष्ठ २०८१, आइतबार  ११ : ०४ बजे

सौर्य एयरको विमान दुर्घटनामा १८ यात्रुको निधन, एक चालकको जीवितै उद्धार

काठमाडौँ । काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्नेक्रमा सौर्य एयरको ९ एन

विमान दुर्घटनापछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल बन्द

काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटना उड्ने वित्तिकै भएको दुर्घटनापछि

सौर्य एअरलाइन्स विमान दुर्घटना अपडेट : केहीको शव निकालियो, पाइलटलाई अस्पताल लगियो (फोटो फिचरसहित)

काठमाडौं । त्रिभुवन विमानस्थलमा नजिकै सौर्य एअरलाइन्सको विमान दुर्घटना भएको

विद्यार्थी राजनीतिदेखि मुख्यमन्त्री बनेका आचार्य

लुम्बिनी । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यले आज पद

त्रिभुवन विमानस्थलमा सौर्य एयरलान्सको जहाज दुर्घटना

काठमाडौं । काठमाडौंको त्रिभुवन विमानस्थलमा सौर्य एयरलान्सको जहाज दुर्घटना भएको