१८ माघ २०८२, आइतबार | February 2, 2026

लुम्बिनी प्रदेश सरकारले पायो पूर्णता, नमुना बनिन् उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री



नेपालगन्ज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले प्रदेश सरकारको मन्त्रीपरिषदलाई पूर्णता दिएका छन् । लामो समयदेखि पूर्णता पाउन नसकेको मन्त्रीपरिषदले मुख्यमन्त्री महराले आफुसँगै राखेका उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री नियुक्त गरेसँगै प्रदेश सरकारले पूर्णता पाएको हो ।

मुख्यमन्त्री महराले बाँके निर्वाचन क्षेत्र नम्बर १ बाट प्रदेशसभामा प्रत्यक्ष निर्वाचित कृष्णा केसी ‘नमुना’लाई प्रदेश सरकारको उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री नियुक्त गरेका हुन् । आफुलाई मन्त्री पदमा नियुक्त गरेको नव नियुक्त मन्त्री नमुनाले खबरकुरालाई जानकारी दिइन् ।

गत बैशाख १२ गते मुख्यमन्त्री महराले मन्त्रीपरिषदको बिस्तार गरेपनि उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय भने आफैसँग राखेका थिए । सत्ता समिकरण जोगाउन आवश्यकताका आधारमा आफैसँग जोगाएर राखेको मन्त्रालय प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेसँगै उनले नमुनालाई मन्त्री पदमा नियुक्त गरेका हुन् ।

नव नियुक्त मन्त्री नमुनाको सपथ ग्रहण भने भोलि (सोमबार) अपरान्ह हुने बताइएको छ । सोमबार नै प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : २० जेष्ठ २०८१, आइतबार  ११ : २२ बजे

खुल्यो जमुनाहा नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवागमन

नेपालगन्ज । जमुनाह नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवतजावत सुरु

ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ । दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

खुम्च्यो स्वास्थ्य बीमाको सेवा, ओपीडी सेवामा वर्षमा २५ हजार मात्र भुक्तानी हुने

काठमाडौं । स्वास्थ्य बीमा गरेका परिवारले पाउँदै आएको बीमा सेवालाई

भोटाहिटीस्थित साइबर ब्युरोको भवन महानगरलाई दिने गृह मन्त्रालयको निर्णय

काठमाडौं । गृह मन्त्रालयले काठमाडौं महानगरपालिका-२७ भोटाहिटीमा नेपाल प्रहरीको साइबर

पत्रकार दिनेश सिटौलाको पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाडौं । उपचारका क्रममा आइतबार मध्याह्न काठमाडौंको ग्रान्डी अस्पतालमा निधन