१२ श्रावण २०८३, मंगलबार | July 29, 2026

जेठ २३ र २४ गते बुटवलमा लुम्बिनी प्रदेशस्तरीय श्रमाधान रोजगार मेला हुने



बुटवल । बुटवलमा लुम्बिनी प्रदेशस्तरीय श्रमाधान रोजगार मेला हुने भएको छ ।​​​ दीर्घकालीन रूपमा वैदेशिक रोजगार अन्त्य गर्ने र बेरोजगार युवालाई रोजगारमा जोड्ने उद्देश्यसहित यहीँ जेठ २३ र २४ गते श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले लुम्बिनी प्रदेशस्तरीय रोजगार मेला गर्न लागेको हो ।

संघ, प्रदेश सरकार र स्थानीय बुटवल उपमहानगरपालिकाले संयुक्त रूपमा आयोजना गरिएको मेलामा ४० वटामा स्टलमा आद्योगिक प्रतिष्ठानहरुले रोजगारीमा प्रवेश गर्ने बाटो खोलिदिने सोमबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका कार्यालय प्रमुख कृष्ण खनालले मेलाबाट आन्तरिक र वाह्य रोजगारीको लागि सहजीकरण पनि गरिने बताए । ‘मेलामा सीप विकास, कार्यशाला, नेटवर्किङ सत्र, स्टलहरु र रोजगारीका अवसरबारे प्यानल डिस्कसनहरु हुनेछन’ खनालले भने, ‘मेलामा ४० वटा स्टल हुनेछन । जसमा वायोडाटा निर्माण, सिकाई सम्बन्धी उद्योग व्यवसाय तथा रोजगारदातासँग सम्बन्धित स्टलहरु वैदेशिक रोजगार कल सेन्टर लगायत सरकारी तथा निजी क्षेत्रका स्टलहरु मेलामा हुनेछन ।’ मेला बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (बिआइसिसी) मा हुनेछ ।

त्यस्तै सुरक्षित आप्रवासन, रोजगार तथा रोजगारीको खोजी गर्नेहरुको आवश्यकता सम्बन्धी अन्तरक्रिया, कार्यक्रम पनि गरिने छ । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले रोजगारीको खोजीमा रहेका युवा र रोजगारदाताको लागि यो कार्यक्रम सहायक सिद्ध हुने विश्वास व्यक्त गरे ।

विकासोन्मुख देशहरुले जस्तै नेपालले पनि रोजगारीको क्षेत्रमा विशेष गरी युवा बेरोजगारीका चुनौतीको सामना गरिरहेको छ । नेपालको ३० वर्षभन्दा मुनीको जनसंख्याको ६३.७ प्रतिशत छ । हरेक वर्ष ४० लाख नेपाली युवा श्रम बजारमा प्रवेश गर्ने गर्छन ।

प्रकाशित मिति : २१ जेष्ठ २०८१, सोमबार  ५ : ०० बजे

दुबईबाट स्वदेश फर्कदै गर्दा फरार प्रतिवादी विमानस्थलबाटै पक्राउ

काठमाडौँ । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी दुबईबाट स्वदेश फर्कदै

सुनसरी घटनालगायत विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी

सुनसरी घटना : शान्ति र सद्भाव कायम गर्न प्रधानमन्त्री कार्यालयको आग्रह

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा

कर्णाली प्रदेशको पाँचौ मुख्यमन्त्रीमा मंगल शाही नियुक्त

सुर्खेत । कर्णालीको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका नेता

शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा

काठमाडौं । व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा