२२ माघ २०८२, बिहिबार | February 5, 2026

रण अम्बिका आँखा अस्पतालको नयाँ भवन निर्माणको ठेक्का सम्झौता खारेज गर्न माग



बुटवल । भैरहवास्थित रण अम्बिका आँखा अस्पतालको नयाँ भवन निर्माणका लागि गरिएको टेन्डर प्रक्रिया नियम विपरित गरेको भन्दै लुम्बिनी निर्माण व्यवसायी संघ रुपन्देहीले विरोध जनाएको छ । अस्पतालको भवन निर्माणका लागि गरिएको टेन्डर प्रक्रियामा अमुक निर्माण कम्पनीलाई छनोट गर्ने नियत राखी नियम विपरित ठेक्का प्रक्रिया अगाडि बढाएको भन्दै लुम्बिनी निर्माण व्यवसायी संघ रुपन्देहीले विरोध जनाएको हो ।

संघले सोमबार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरि टेन्डर प्रक्रिया विरुद्ध कानूनी उपचारमा जाने चेतावनी दिएको छ । अस्पतालले २०८० चैत्र १६ मा भवन निर्माणका लागि नागरिक दैनिक पत्रीकामा प्रकाशित सुचना अनुसार ठेक्का नं (LEI/NCB/Works-01-80/81) बोलपत्रमा भाग लिएका १७ वटा फर्म कम्पनी दर्ता भएका मध्ये अधिकांश निर्माण व्यवसायीहरुलाई प्राविधिक प्रस्तावमा अस्वीकृत गरी सीमित कम्पनीलाई प्रतिस्पर्धामा सहभागी गराएको संघले आरोप लाएको छ ।

बोलपत्रमा भाग लिएका १७ वटा फर्म कम्पनीले दरखास्त दर्ता गराएपनि २०८१ जेष्ठ ४ गते प्राविधिक प्रस्ताव स्वीकृतको आशय प्रकासीत गरी ३ वटा फर्म मात्र प्राविधिक प्रस्तावमा स्वीकृत गरिएको संघले जनाएको छ । पत्रकार सम्मेलनमा बोल्दै संघकी अध्यक्ष मञ्जु भुसालले सो विषयमा संघले ९ जेष्ठमा प्रस्ताव छनौट पुनः मुल्याङ्कनका लागि पत्र पठाए पनि जबाफ नपाएको बताइन् । उनले अस्पतालले १८ जेष्ठमा बोलपत्र स्वीकृतीको आशय प्रकासित गरि नियोजित रुपमा निर्माण कम्पनी छनोट गरेको बताइन् ।

विडिङ्गमा निर्माण व्यवसायीहरुका १७ वटा कम्पनीहरु प्रतिस्पर्धामा भए पनि बिनाकारण अन्य कम्पनीको प्रस्ताव प्राविधिक प्रस्ताव अस्वीकृत गरि ३ वटा फर्महरु कविन्द्र निर्माण सेवा किर्तिपुर १ काठमाडौं, एपिएम कन्सट्रक्सन एण्ड विल्डस प्रा.लि काठमाडौं-१४, बल्खु र नव सिर्जनशिल कन्सट्रक्सन कम्पनी प्रा.लि काठमाडौं -९, सिनामंगललाई मात्र प्रतिस्पर्धामा सहभागी गराइएको भुसालको आरोप छ ।

सो प्रतिस्पर्धाबाट नव सिर्जनशिल कन्सट्रक्सन कम्पनी प्रा। लि काठमाण्डौ -९, सिनामंगललाई छनोट गरी २२ करोड २९ लाख १० हजार ९७९ रुपैयाँ (मु.अ.करसहित) मा बोलपत्र स्वीकृत गरीएको छ । संघका सल्लाहकार जमिन कक्षपतिले मिलेमतोमा आफू अनुकुलको निर्माण कम्पनीलाई सेटिङ्ग गरेर छनोट गरिएको बताए । संघले प्राविधिक प्रस्ताव अस्वीकार गर्नुको कारण खुलाई सो को सत्यतथ्य आधार बाहिर ल्याउन माग गर्दै पुनः मूल्याङ्कन गराई स्वच्छ प्रतिस्पर्धामा भाग लिने वातावरण बनाउन आग्रह गरेको छ । अस्पताल प्रशासनले भने कानूनी प्रक्रिया अनुसारनै टेन्डर प्रक्रियाबाट निर्माण कम्पनी छनोट गरिएको दाबी गर्दै आएको छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०८१, सोमबार  १० : २७ बजे

सुनको मूल्य तोलामा ९ हजार ५०० रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य उल्लेख्य रूपमा घटेको

काठमाडौंमा १ करोडको गहना चोर्नेलाई प्रहरीले गोली हानेर समात्यो, ट्रमा सेन्टरमा उपचार हुँदै

काठमाडौं । काठमाडौंको बौद्धका रिन्जी लामाको घरबाट मङ्गलबार रु एक

कागजका मागदेखि जमिनको विकाससम्म : गुल्मी क्षेत्र नं २ को बदलिँदो कथा

बुटवल । चुनावका बेला मतदाताले लेखेरै बुझाउने कागजका चाङ्ग धेरैलाई

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पितृशोक

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक डा.

मकवानपुरमा चुनावी चहलपहल बढ्दै

हेटौंडा । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै मकवानपुरका सहरी एवं