१ पुस २०८२, मंगलबार | December 17, 2025

नेकपा एमाले जिल्ला कमिटी रुपन्देहीको १० औं अधिवेशन भोलिदेखि भैरहवामा सुरु



बुटवल । भोलिदेखि नेपाल कम्युनिष्ट पार्टी नेकपा (एमाले) जिल्ला कमिटी रुपन्देहीको १० औं जिल्ला अधिवेशन भैरहवामा सुरु हुने भएको छ । दुई दिनसम्म सञ्चालन हुने अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको एमाले प्रचार समितिले मंगलबार तिलोत्तमामा पत्रकार सम्मेलन गरि जानकारी सदएको हो ।

अधिवेशनमा पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित उपाध्यक्ष विष्णुप्रसाद पौडेल, सचिव छविलाल विश्वकमां, सचिव एवं लुम्बिनी प्रदेश इन्वार्ज प‌द्मा अर्याल, जिल्ला इन्चार्ज दलबहादुर राना, पोलिट ब्यूरो सदस्यहरु लिला गिरी, दधिराम न्यौपाने, खिमलाल भट्टाराईलगायत विभिन्न तहका नेताहरुको उपस्थिती रहने प्रचार विभाग प्रमुख हितराज पन्थीले जानकारी दिए ।

जिल्लाको १६ पालिकाका १५५ वडा, २३ जनसंगठनबाट र आयोजक कमिटीबाट चयन भएका कुल ८५३ जना प्रतिनिधि अधिवेशनमा सहभागी हुने एमाले रुपन्देही अध्यक्ष तेजेन्द्र केसीले जानकारी दिए । अधिवेशनले एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहित १४५ सदस्य रहेको जिल्ला कमिटी निर्वाचित गर्नेछ ।

अधिवेशन व्यवस्थित गर्नको लागि जिल्ला के।सी।को संयोजकत्वमा १६७ जनाको मूल व्यवस्थापन कमिटी चयन भए‌को छ ।बन्दसत्रमा राजनैतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदन पेश गरिने छ । रुपन्देहीमा एमालेका १७ हजार ९८ पार्टी सदस्य संगठित रहेको र उत्तिकै सङ्ख्यामा शुभेच्छुक रहेको अध्यक्ष केसीले बताए ।

भैरहवाको सिद्धार्थ भिनासामा आयोजना हुने अधिवेशनमा प्रतिनिधिसहित उद्घाटनसत्रमा ३५ सय बढीको उपस्थिती रहने बताइएको छ ।

प्रकाशित मिति : २२ जेष्ठ २०८१, मंगलबार  १२ : ४१ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष