१६ भदौ २०८३, मंगलबार | September 1, 2026

गुँयली फल पाकेपछि कालीलेकमा चहलपहल



पोखरा । पोखरा महानगरपालिका-१६ अर्मलेस्थित कालीलेकमा हिजोआज सर्वसाधारणको चहलपहल बढेको छ । वनभरि लटरम्मै पाकेको गुँयली फल टिपेर खानेको सङ्ख्या बढेपछि कालीलेकमा चहलपहल बढेको हो ।

स्थानीय भाषामा ‘मल्लिडो’ को नामले चिनिने गुँयली फल स्वादिलो हुन्छ । बुट्यान एवं झाडीदार रुखमा फल्ने यो फलमा भिटामिन पाइने विश्वासले पनि फल खान आउनेको भीड बढेको स्थानीय बलायखर्ककी उमा पौडेल बताउँछिन् । सत्रखर्क कालीलेक सामुदायिक वन क्षेत्रमा पर्ने शिशादेखि नेटा, बुढीगान्नी, क्रेटो, लोला, बलायलगायतका जङ्गलमा लटरम्म पाकेको गुँयलीका कारण मानिसका आउजाउ बढेको उनले बताइन् ।

समुद्री सतहबाट करिब एक हजार आठसयदेखि दुई हजार दुईसय मिटरको उचाइमा पाइने गुयँलीका बोटहरु फल टिप्नेक्रममा काटिएका छन् । यसको बाहिरी बोक्रा खैरो र गुँदी रातो रङको हुन्छ । फललाई सिधै टिपेर खाने गरिन्छ । पौडेलले भनिन्, “यसपटक पाँच वर्ष पछि मात्र गुँयली फलेको हो, खडेरीको कारण यस वर्ष बाक्लो फल लागे पनि दाना सानो छ ।” बोटमा काँडा हुने भएकाले टिप्नका लागि मानिसहरुले हाँगा र रुखैसमेत काट्ने गर्दा गुँयलीको बोट मासिने खतरा रहेको उनको भनाइ छ ।

अर्मलाकोटभन्दा माथि नेटामा बाख्रापालन व्यवसाय गर्दै आएका सुरेन्द्र सुवेदीका अनुसार गुँयली पाकेपछि यसका पारखीहरु स्वाद लिन पोखरा बजारदेखि आउने गर्छन् । उनले भने, “यस क्षेत्रमा गुँयली मात्र होइन, जेठको अन्तिम सातादेखि साउन महिनासम्म अर्गानिक निउरो टिप्ने र निगालोको टुसा भाँच्नेको भीडनै लाग्ने गर्दछ ।” त्यस्तै सिलाजित, सतुवा, चिराइतो, सिकारी लहरो, कुरिलो, पाखनवेदलगायतका महत्वपूर्ण जडीबुटी तथा बाघ, भालु, मृग, थार घोरल र मुनाललगायतका वन्यजन्तु एवं जराचुरुङ्गी यहाँको वनक्षेत्रमा पाइने उनको भनाइ छ ।

सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालका गण्डकी प्रदेश सदस्य एवं कृषि सञ्जाल पोखरा–१६ का अध्यक्ष जीतबहादुर बस्नेतले गुँयली जत्तिको स्वादिष्ट फल यसभन्दा अघि टिपेर नखाएको बताए । स्थानीयले कालीलेकबाट टिपेको गँयली बजारमा प्रतिमाना रु एक सयका दरले बिक्री गर्दछन् ।

गुयँली विशेष गरी बागलुङ, म्याग्दी, ताप्लेजुङ, पाँचथर, इलाम सङ्खुवासभा, तेह्रथुमलगायतका जिल्लामा पाइन्छ । जलवायु परिवर्तन, वन विनास, डढेलोलगायतका कारणले गुँयली जस्ता फलफूल तथा वनस्पति उपलब्धतामा कमी हुँदै गएको पोखरा महानगर कृषि महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिए ।

प्रकाशित मिति : २२ जेष्ठ २०८१, मंगलबार  १० : २७ बजे

रसुवा क्षेत्रका बाढी प्रभावित परिवारलाई के एल दुगड ग्रुपद्वारा खाद्य सामाग्री सहयोग

काठमाडौं । रसुवा क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रका परिवारलाई

त्रिविको शिक्षाध्यक्षमा अञ्जना सिंह र रजिस्ट्रारमा रवीन्द्र शिवाकोटी नियुक्त

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को शिक्षाध्यक्ष (रेक्टर)मा प्राडा अञ्जना सिंह

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

काठमाडौं र हेटौँडा जाने सवारीसाधनको लागि नयाँ ‘रुट’ निर्धारण

काठमाडौं । भोटेकोशी नदीमा यही भदौ १० गते बाढी गएपछि

भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै

काठमाडौं । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत