१५ फाल्गुन २०८२, शुक्रबार | February 27, 2026

सराङकोटको विकासमा सघाउने प्रधानमन्त्रीको प्रतिबद्धता



कास्की । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा महानगरपालिका-१८ सराङकोटको विकासका निम्ति सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन ।

सराङकोटका जनप्रतिनिधि, राजनीतिक दलका नेता तथा स्थानीयसँगको भेटमा उनले पर्यटकीय क्षेत्रसमेत रहेको सराङकोटको पर्यटन विकास, खानेपानी, सडकलगायतका पूर्वाधार तथा पर्यटकीय पूर्वाधार विकासमा सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन ।

सराङकोटको खानेपानी समस्या समाधानका लागि याम्दी-सराङकोट लिफ्टिङ खानेपानी आयोजना सञ्चालन गर्न प्रधानमन्त्रीसमक्ष माग गरिएको स्थानीय पूर्णाखर तिमिल्सिनाले बताए ।

यसैगरी विन्ध्यवासिनी सराङकोट सडक स्तरोन्नति, कृषि सडकको पहिरो नियन्त्रण, सराङकोटलाई पर्यटन केन्द्रका रूपमा विकास गर्न, पर्यटन उद्यान निर्माण, राष्ट्रिय विभूति तथा सहिद उद्यानको स्तरोन्नति र पूर्वाधार थपलगायत माग पेस गरिएको उनले जानकारी दिए ।

“प्रधानमन्त्रीसमक्ष हामीले हाम्रो वडाका समस्या अवगत गराउँदै विविध माग प्रस्तुत गरेका थियौँ । सरकारले स्थानीय जनताका आवश्यकता पूरा गर्ने उनले बताउनुभएको छ । हामी उत्साहित भएका छौँ”, तिमिल्सिनाले भने । आन्तरिक तथा बाह्य पर्यटकको रोजाइको गन्तव्य हो सराङकोट । यहाँबाट सूर्योदय र सूर्यास्तसहित सुन्दर हिमशृङ्खला र पोखरा बजार हेर्न देखिन्छ ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष प्रधानमन्त्री दाहाल पार्टीको गण्डकी प्रदेश समितिले आज पोखरा सभागृहमा आयोजना गर्ने प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सहभागी हुन मङ्गलबार साँझ पोखरा आएका हुन ।

प्रकाशित मिति : २३ जेष्ठ २०८१, बुधबार  ८ : ५१ बजे

भड्किला भाषणले देश बन्दैन, समस्या समाधानका लागि कानुन सुधार आवश्यक छ : सभापति थापा

बुटवल । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भड्किला र उत्तेजक

होलीका नाममा सार्वजनिक स्थानमा भीड जम्मा नगर्न काठमाडौं प्रशासनको निर्देशन, मदिरा वेचविखनमा रोक

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले होली पर्व मनाउँदा शान्तिसुरक्षा

निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुन्छ : गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले यही फागुन २१ मा हुने

नेपाली बीमा कम्पनीलाई ग्लोबल कम्पनी बनाउने गरी सहजिकरण गर्न अध्यक्ष ढकालको आग्रह

काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका अध्यक्ष हेमराज ढकालले नेपाली

पोखरामा कांग्रेसको आज आमसभा

पोखरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई