३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

सुरु भयो एमाले रुपन्देहीको १० औं अधिवेशन



भैरहवा । नेपाल कम्युनिस्ट पार्टी (एमाले) रुपन्देहीको १० औं अधिवेशन भैरहवामा सुरु भएको छ । अधिवेशनको पार्टीका उपाध्यक्ष तथा पूर्व उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले उद्घाटन गरे ।

अधिवेशनको पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थिती रहने प्रचार गरिएपनि अध्यक्ष ओली उपस्थित नभएपछि सहभागी कार्यकर्ताहरुले असन्तुष्टी प्रकट गरेका छन् । अध्यक्ष ओली अस्वस्थताका कारण आउन नसकेको एमाले रुपन्देहीका सचिव यज्ञ गैरेले जानकारी दिए ।

उद्घाटन सत्रमा स्वागत मन्तव्य राख्दै एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र के.सीले एमाले जनताको रोजाइको पार्टी भएको दाबी गरे । उनले २ वर्ष ५ महिनामा पार्टीको संगठनलाई अझ मजबुत र सशक्त बनाइएको बताए ।

अधिवेशनका लागि अध्यक्ष के.सीकै संयोजकत्वमा १६७ जनाको मूल व्यवस्थापन कमिटी चयन गरिएको थियो ।

जिल्लाका १६ वटा पालिका र १५५ वडा, २३ जनसंगठनबाट र आयोजक कमिटीबाट गरी ८५३ जना प्रतिनिधि अधिवेशनमा सहभागी भएका छन् । अधिवेशनले १ अध्यक्ष, १ उपाध्यक्ष, १ सचिव, २ उपसचिव र १४५ सदस्य रहेको जिल्ला कमिटी निर्वाचित गर्ने एमाले रुपन्देहीले जनाएको छ ।

बन्द सत्रमा राजनैतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदन पेश गरिनेछ । रुपन्देहीमा एमालेका १७ हजार ९८ जना संगठित पार्टी सदस्य रहेको एमालले दाबी गर्दै आएको छ ।
अधिवेशनबाट नयाँ नेतृत्वको लागि वर्तमान अध्यक्ष तेजेन्द्र केसी, सचिव यज्ञ गैरे, उपसचिव चित्रबहादुर कार्की र हितराज पन्थी आकाँक्षी देखिएका छन् ।

प्रकाशित मिति : २३ जेष्ठ २०८१, बुधबार  ३ : १२ बजे

पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी शुद्धीकरण, सुदृढीकरण,

बालुवामा पुरिएर मजदुरको मृत्यु

दाङ । एस्काभेटरले फालेको बालुवामा पुरिएर एक जना मजदुरको मृत्यु

आर्थिक तथा प्राविधिक अभाव हुँदा करोडौँका डायलासिस मसिन प्रयोगविहीन

नवलपरासी । भौतिक संरचना र प्राविधिक अभाव हुँदा करोडौँ मूल्यका

नक्खु कारागारबाट फरार कैदी सिन्धुपाल्चोकबाट पक्राउ

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा ललितपुरको नक्खु कारारागारबाट फरार भएका

भित्तेचित्रले बदलिँदै नेपालगन्जको रूप

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले सहरका सरकारी तथा सार्वजनिकस्थलको सुन्दरता बढाउन