१८ आश्विन २०८३, आइतबार | October 4, 2026

पेट्रोल छर्केर आगो लगाइएका पाँच जनाको कीर्तिपुर वर्न अस्पतालमा उपचार हुँदै



काठमाडौं । काठमाडौँ महानगरपालिका–७ सरस्वतिनगरमा एक व्यक्तिले पेट्रोल छर्केर आगो लगाएपछि घाइते भएका पाँचजनाको कीर्तिपुर वर्न अस्पतालमा उपचार भइरहेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले ५५ वर्षीय चञ्चलबहादुर सिंहले मादक पदार्थ सेवन गरी आफ्नै घरको कोठामा पेट्रोल छर्की आगो लगाउँदा घाइते भएका पाँच जनाको वर्न अस्पतालमा उपचार भइरहेको जानकारी दिए ।

सिंहले अत्यधिक मादक पदार्थ सेवन गरी श्रीमतीसँग घरझगडा गर्ने क्रममा आगो लगाएपछि ५५ वर्षीय सिंह, ४४ वर्षीया उहाँकी श्रीमती विन्दु सिंह, २४ वर्षीया छोरी सुप्रिया सिंह, १६ वर्षीया छोरी समृद्धि सिंह र आठ वर्षीया छोरी सुहानी सिंह घाइते भएका थिए । घाइतेमध्ये आगो लगाउने सिंहको शरीरको १० देखि १२ प्रतिशत, श्रीमतीको पाँचदेखि सात प्रतिशत, छोरीहरू सुप्रियाको ५० देखि ५५ प्रतिशत, समृद्धिको ८० देखि ८५ प्रतिशत तथा सुहानीको १२ देखि १४ प्रतिशत भाग जलेको अस्पतालले जनाएको छ ।

प्रहरी प्रवक्ता अधिकारीका अनुसार चावहिलस्थित आफ्नो तीनतले घरको तेस्रो तल्लामा बस्दै आएका सिंहल गए राति श्रीमतीसँगको घरझगडाका क्रममा आगो लगाएको बुझिएको छ । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

प्रकाशित मिति : २३ जेष्ठ २०८१, बुधबार  ९ : ३५ बजे

कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा

जुम्ला । जुम्ला हुँदै मनाङ-मुस्ताङसम्म जोड्ने सडकसहित कर्णाली राजमार्ग र

पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

पर्वत । बाढीपहिरोबाट जिल्लाका ३०० परिवार विस्थापित भएका छन् ।

दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त

लमजुङ । दसैँको लामो बिदा घुमफिर र पारिवारिक भेटघाटसँगै नयाँ

नारायणघाट-बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट-बुटवल सडकखण्डको जङ्गलमा थप दुईवटा ‘ओभरहेड

महालक्ष्मीको १६ दिने व्रत समापन

काठमाडौं । भाद्र शुक्ल अष्टमीदेखि सुरु भएको १६ दिने महालक्ष्मी