८ चैत्र २०८२, आइतबार | March 22, 2026

जिल्ला व्यापी नकआउट फुटबलमा नेपालगन्ज–११ च्याम्पियन



कोहलपुर । नेपालगन्ज–११ स्पोटिङ क्लब बाँके जिल्ला व्यापी नकआउट फुटबल प्रतियोगितामा च्याम्पियन भएको छ । नकआउट प्रतियोगिताको विजेता बन्दै नेपालगन्ज–११ बाँके जिल्ला फुटबल संघको ए डिभिजन क्लबमा प्रवेश गरेको छ ।

बुधबार कोहलपुर स्थित १३ बिगाह फुटबल मैदानमा नेपालगन्ज–११ ले न्यु दपर्ण युथ स्पोर्ट्स क्लबलाई ५–० ले पराजित गरेको छ । नेपालगन्ज–११ को जितमा विपिन थापा मगरले २ गोल, सुमित थापा, प्रेम बहादुर सुनार, लक्ष्मण राना मगरले १–१ गोल गरेका थिए । सुमितले सुरुआतमै ७ मिनेटमा, प्रेमले १८औं मिनेट, लक्ष्मणले ४९औं मिनेट, विपिनले ६२औं र ६८औं मिनेटमा गोल गरे ।

प्रतियोगिताको विजेता तथा उपविजेता खेलाडीलाई कोहलपुर नगरपालिका उप–मेयर संगिता सुवेदी, कोहलपुर नगरपालिका वडा नम्बर १२ अध्यक्ष विरेन्द्र शाह, आयोजक बाँके जिल्ला फुटबल संघका अध्यक्ष एवम अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य भोजराज शाही लगायतले पुरस्कृत गरेका थिए ।

सो अवसरमा बोल्दै कोहलपुर नगरपालिकाकी उप–मेयर सुवेदीले कोहलपुरले नगरपालिका खेलकुद क्षेत्रमा लागेका युवाहरुको मनोबल बढाउन विभिन्न योजना बनाएर काम गरिरहेको बताइन् । उनले भनिन्,‘जिल्ला स्तरको प्रतियोगिता कोहलपुरमा आयोजना गरेकोमा बाँके जिल्ला फुटबल संघलाई धन्यवाद दिन चाहन्छौं । फुटबलसँगै अन्य खेलकुद क्षेत्र र खेलाडीको विकासको लागि नगरपालिकाले काम गरिरहेको छ । हामी युवाहरु खेलाडीहरुको मनोबल बढाउने प्रयास गरिरहेको छौं । भौतिक पुर्वाधारको क्षेत्रमा पनि खेलकुदलाई प्राथमिकतामा राखेर काम भैरहेको छ ।’

बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले प्रतियोगिताले थुप्रै नयाँ सम्भावना बोकेको खेलाडीहरुको पहिचानमा सहयोग गरेको बताए । उनले भने, ‘यो प्रतियोगिता विशेष छ । संघले पहिलो पटक कोहलपुरमा एउटा स्तरीय प्रतियोगिता आयोजना गरेको छ । जिल्लाभित्रै खेलाडीहरुले मात्र खेल्न पाउने भएकोले थुप्रै नयाँ खेलाडीले अवसर पाएका छन् । यसले बाँकेको फुटलब विकासमा महत्वपुर्ण सहयोग गर्नेछ ।’

जेठको १९ गते देखि सुरु भएको प्रतियोगितामा नेपालगन्ज –११ स्पोटिङ क्लब, सिटी युथ क्लब, ई जोन स्पोट्र्स क्लब, न्यु दपर्ण युवा स्पोट्र्स क्लब, न्यु नलेज स्पोट्स क्लब, एफसी संघारी, कंञ्चनजंगा भिजन स्पोट्स क्लबको सहभागिता रहेको थियो ।

प्रतियोगिताको फाइनल समारोहमा कोहलपुर नगरपालिका खेलकुद संयोजक बुद्धि थापा, उप–संयोजक चक्र क्षेत्री प्रतियोगिता संयोजक एवम बाँके जिल्ला फुटबल संघका उपाध्यक्ष टोपेन्द्र खत्री, गोर्खा युनाइटेडका प्रशासन प्रमुख कर्ण बस्नेत, एपिएफ स्कुलका प्रिन्सिपल मुकुन्द विक्रम शाह, एपिएफ स्कुलका सशस्त्र प्रहरी नायव निरिक्षक प्रविण खत्री लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २३ जेष्ठ २०८१, बुधबार  ९ : ५० बजे

चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो

काठमाडौँ । राष्ट्रिय किताबखानाले हालसम्म चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत

कांग्रेस सभापति थापाले पदबाट दिएको राजीनामा केन्द्रीय समितिबाट अस्वीकृत

काठमाडौं । गगन थापाले पदबाट दिएको राजीनामा नेपाली कांग्रेसको केन्द्रीय

ठमेलभित्रका सम्पदालाई समेटिएको पुस्तक ‘ठमेलका सम्पदाहरु’ विमोचन

काठमाडौँ । सङ्घीय राजधानी काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रका

सिंहदरबार सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा बैठक

काठमाडौं । सिंहदरबार सुरक्षा प्रवन्धका लागि गृहमन्त्री ओमप्रकाश अर्यालको अध्ययक्षता

देशभरिका निजी अस्पतालको सर्वेक्षण गरिँदै

काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को