२ भदौ २०८३, मंगलबार | August 18, 2026

विपद् प्रतिकार्यका लागि तयारी रहन सुरक्षा निकायलाई बागमतीका मन्त्री श्रेष्ठको निर्देशन



हेटौँडा । बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहन सुरक्षा निकायहरूलाई निर्देशन दिएका छन् ।

शुक्रबार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा भएको विपद् व्यवस्थापनका लागि संयुक्त कृत्रिम अभ्यास कार्यक्रममा बोल्दै उनले विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहन मातहतका सुरक्षा निकायहरूलाई निर्देशन दिएका हुन् । उनले मनसुन सुरु हुन लागेको भन्दै मनसुनजन्य विपद् बाट बच्नका लागि उच्च सतर्कता अपनाउन प्रदेशबासीहरुलाई अनुरोध पनि गरे । उनले मनसुनजन्य विपत्ति सामना गर्न प्रदेश सरकारले आवश्यक पूर्वतयारी गरेको बताए ।

मन्त्री श्रेष्ठले हेटौंडा, धुलिखेल र विदुरमा विपद् सामाग्रीहरू भण्डारण गरेको, सरकारको ३ वटै तह, ३ वटै सुरक्षा निकाय र सम्बद्ध संघसंस्थाहरूसँग समन्वय गर्दै विपद् पूर्वतयारीको कामलाई अगाडि बढाइरहेको जानकारी दिए ।

मन्त्री श्रेष्ठले समाजमा विपद् सुरक्षा संस्कृति निर्माण गर्नसके मानवजन्य विपत्ति नियन्त्रण र प्राकृतिक विपत्तिलाई न्यूनीकरण गर्न सकिने बताए । उनले प्रदेश सरकारले यस वर्ष केही पालिकाहरूमा विपद् स्वयंसेवक निर्माण र परिचालन गर्दै आएकोमा त्यसलाई बढाएर अभियानात्मक रूपमा स्वयंसेवक निर्माण र परिचालन गर्ने जानकारी दिए । उनले विद्यालयस्तरमा गएर विद्यार्थीहरूलाई विपद् सुरक्षा संस्कृति निर्माणका लागि पढाउने र सिकाउने जानकारी पनि दिए ।

मन्त्री श्रेष्ठले सरकारले मनसुनजन्य विपद् पुर्वतयारीका लागि जोड दिएर काम गरिरहेको बताए।

प्रकाशित मिति : २५ जेष्ठ २०८१, शुक्रबार  २ : ०० बजे

दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारले गठन गर्‍यो चार सदस्यीय टोली

काठमाडौं । राजावादी अभियन्ता दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारले चार

नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान

काठमाडौं । टप एन्ड टी-२० सिरिजमा सहभागिता जनाउन नेपाल ‘ए’

बिपी राजमार्ग चौडा पार्न डिपिआर तयार

काभ्रेपलाञ्चोक । बिपी राजमार्गको प्रवेशबिन्दु काभ्रेपलाञ्चोकको धुलिखेलदेखि नमोबुद्धको दाप्चा पुलसम्मको

चुमनुब्रीको क्यान्टिलिभर पुल ढुङ्गा खसेर जीर्ण

गोरखा । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका-६ लोक्पास्थित क्यान्टिलिभर पुल ढुङ्गा

दियालो बङ्गलाबाट २४ लाख राजश्व सङ्कलन

चितवन । गत आर्थिक वर्षमा २५ हजार ४२५ जनाले यहाँको