१५ फाल्गुन २०८२, शुक्रबार | February 27, 2026

प्रधानमन्त्री प्रचण्डसँग मेयर्स फोरमको छलफल



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”सँग काठमाडौं उपत्यकाका नगरपालिकाहरूको साझा मञ्च मेयर्स फोरमका पदाधिकारीहरूले छलफल गरेका छन् ।

प्रधानमन्त्रीले आयोजना गर्नुभएको छलफल काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा सङ्घीय सरकार र स्थानीय सरकारको भूमिका र दायित्वका विषयमा केन्द्रित थियो।

उक्त छलफलमा प्रधानमन्त्री प्रचण्डले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको समन्वय सङ्घीय सरकारले नै गरोस् भन्ने मेयर्स फोरमको सिफारिस बमोजिम लगानी बोर्डले त्यससम्बन्धी आवश्यक प्रक्रिया अगाडि बढाएको जानकारी गराए ।

प्रधानमन्त्रीले भन्नुभयो, “तपाईहरूको फोरमले काठमाडौंं उपत्यकाको फोहोर व्यवस्थापन सम्बन्धी कामको समन्वय सङ्घीय सरकारले गरोस् भन्ने सिफारिस गरेको छ। सोहीअनुसार सरकारले लगानी बोर्डलाई यस सम्बन्धी प्रक्रिया अगाडि बढाउन निर्देशित गरेको छ। लगानी बोर्डको बैठकमा समेत यस सम्बन्धी छलफल भई कार्यान्वयनमा अगाडि बढ्ने निर्णय भएको छ। अब यो काम तीव्रतामा अगाडि बढ्छ।”

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोल लगायत काठमाडौं उपत्यकाभित्रका नगरपालिकाका मेयर, उपमेयरको प्रतिनिधित्व रहेको बैठकले समन्वयका साथ फोहोर व्यवस्थापन गर्नेसम्बन्धी छलफल गरेको हो।

प्रकाशित मिति : २५ जेष्ठ २०८१, शुक्रबार  २ : ३८ बजे

भ्रष्टाचारको अखडा बनाउनेले सिंहदरबार डढाए : रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो

‘२०६४ सालमा माओवादीलाई मत दिनु देशको गल्ती’ : उपसभापति शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले २०६४ सालमा जनताले

सशस्त्र प्रहरी र भारतीय सुरक्षा बलबीच समन्वायात्मक बैठक

महेन्द्रनगर । सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा

संविधानलाई सही बाटोमा ल्याउन सबै राजनीतिक शक्ति एकजुट हुनुपर्छ : निधि

धनुषा । नेपाली कांग्रेसका नेता एवं धनुषा निर्वाचन क्षेत्र नं

निर्वाचन दुई अतिवाद विरुद्धको संघर्ष हो, नेकपा पहिलो पार्टी बन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले