१२ श्रावण २०८३, मंगलबार | July 29, 2026

अन्ततः रुपन्देही एमालेमा निर्विरोध अध्यक्ष बने यज्ञ गैरे, को हुन् गैरे ?



नेपालगन्ज । अन्ततः एमाले रुपन्देहीको अध्यक्षमा यज्ञ गैरे सर्व सम्मत निर्वाचित भएका छन् । अध्यक्ष पदमा उम्मेदवारी दिएका खेम लुईँटेलले उम्मेदवारी फिर्ता लिएसँगै गैरे निर्विरोध अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

उपाध्यक्षमा हितराज पन्थी, सचिवमा चित्रबहादुर कार्की, उपसचिव खुल्लामा बाबुराम पन्थी यस अघि नै निर्विरोध निर्वाचित भएका थिए भने महिला उपसचिवमा ३ जना प्रतिस्पर्धीले मैदान खालि गरिदिएपछि सुनिता ठटेर सर्वसम्मत भएकी छन् ।

आफुमाथि ठुलो घेराबन्दी भएको बताएका लुईँटेलले आफ्ना समर्थक कार्यकर्ताहरुलाई दबाब मुक्त गराउन आफुले उम्मेदवारी फिर्ता लिएको बताएका छन् । ‘समर्थक कार्यकर्तालाई घेराबन्दी र दबाब मुक्त गराउन उम्मेदवारी फिर्ता लिएँ ।’ उनले भने ।

केहीबेर अघि मात्र लुईठेलले उम्मेदवारी फिर्ता लिएपनि गैरेका समर्थक र नेताहरुले बिहिबार साँझबाटै गैरे निर्विरोध भएको प्रचार गराएर लुईटेलमाथि दबाब सृजना गरेका थिए । निर्वाचन समितिले घोषणा नगर्दै उनी निकट कार्यकर्ताहरु सहित केही सरकारी कर्मचारीबाट समेत गैरेलाई बधाई र सफलताको शुभकानमा दिन लगाइएको थियो ।

को हुन् रुपन्देही एमालेको नयाँ अध्यक्ष यज्ञ गैरे ?

विक्रम सम्वत २०३० सालमा गुल्मीको तत्कालिन रुपाकोट हाल चन्द्रकोट गाउँपालिका वडा नम्बर ७ मा छबिलाल गैरे र जमुना गैरेको जेष्ठ सुपुत्रको रुपमा जन्मिएका यज्ञ गैरे २०४८ सालमा रुपन्देही झरेका हुन् । विक्रम सम्वत २०४३ सालमा अनेरास्ववियु एकता पाँचौको सदस्यता लिएका उनले अनेरास्वयिुको केन्द्रिय सदस्य भइ २०५५ सालमा बुटवल बहुमुखी क्याम्पसको स्ववियु सभापति भइ स्ववियु काउन्सीलको केन्द्रिय कोषाध्यक्ष भएका थिए ।

२०४८ सालमा एमालेको पार्टीको संगठित सदस्यता लिएका गैरे पार्टीको क्षेत्रीय कमिटी, जिल्ला कमिटी सदस्य हुँदै नवौं अधिवेशनमा रुपन्देही जिल्ला सचिवको जिम्मेवारी बहन गरेका थिए । उनलाई अध्यक्ष बनाउन तेजेन्द्र केसी र खेम लुईटेलले अध्यक्ष पदमा दिएको उम्मेदवारि फिर्ता लिएका थिए ।

नवनिर्वाचित अध्यक्ष गैरे यस अघि छत्तिस मौजा सामुदायिक सिंचाई प्रणालीको अध्यक्ष, सोह्र छत्तिस संयुक्त सिंचाई प्रणालीको सभापति, राष्ट्रिय सिंचाई जल उपभोक्ता महासंघको केन्द्रिय उपाध्यक्ष, करहिया मक्रहर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको अध्यक्षको समेत नेतृत्व सम्हालिसकेका छन् ।

किसान आन्दोलनमार्फत समाज रुपान्तरणमा जोडिएका गैरे निर्वाहमुखी कृषिको व्यवसायीकरणको लागि राजनीतिक र सामाजिक क्षेत्रमार्फत अग्रसर रहेका छन् । तिलोत्तमा नगरपालिका वडा नम्बर ८ मा स्थायी बसोबास गर्दै आएका गैरेले १४७ सदस्सीय नयाँ जिल्ला कमिटीको नेतृत्व गर्नेछन् ।

अध्यक्षमा निर्वाचित भएपछि गैरेले संगठन सुदृढीकरणमा जोड दिने, कार्यकर्ताको मन मिलाएर एकीकृत भावनाका साथ अगाडी बढाउने, मिसन ८४ मा रुपन्देहीमा एमालेलाई पहिलो नम्बरको पार्टी बनाउने, पार्टीको जिल्ला कार्यालय निर्माण गर्ने, सबै कार्यकर्तालाई योग्यता क्षमताअनुसार जिम्मेवारी दिने गरी कार्यकर्तामाझ प्रतिवद्धता जनाएका छन् ।

प्रकाशित मिति : २५ जेष्ठ २०८१, शुक्रबार  ३ : १२ बजे

दुबईबाट स्वदेश फर्कदै गर्दा फरार प्रतिवादी विमानस्थलबाटै पक्राउ

काठमाडौँ । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी दुबईबाट स्वदेश फर्कदै

सुनसरी घटनालगायत विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी

सुनसरी घटना : शान्ति र सद्भाव कायम गर्न प्रधानमन्त्री कार्यालयको आग्रह

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा

कर्णाली प्रदेशको पाँचौ मुख्यमन्त्रीमा मंगल शाही नियुक्त

सुर्खेत । कर्णालीको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका नेता

शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा

काठमाडौं । व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा