२३ चैत्र २०८२, सोमबार | April 6, 2026

काठमाडौं महानगरलाई वेष्ट एजुकेसन अवार्ड अन्तर्गत सर्वोत्कृष्ट पालिका अवार्ड



काठमाडौं । काठमाडौं महानगरपालिकाले आज ‘वेष्ट एजुकेसन अवार्ड’ मा ‘सर्वोत्कृष्ट पालिका अवार्ड’ प्राप्त गरेको छ । सामुदायिक विद्यालयहरुका प्रधानाध्यापकहरुको संस्था ‘प्रिन्सिपल एशोसिएसन अफ नेपाल – पान’ ले राष्ट्रिय सम्मेलनको अवसरमा आज वागमती प्रदेशको उत्कृष्ट पालिका अवार्ड प्रदान गरेको हो ।

मूल्याङ्कनका लागि राखिएका, शिक्षा क्षेत्रमा गरेको लगानी, निःशुल्क र समावेशी शिक्षाको पहल, दीर्घकालीन योजना, असल अभ्यास, प्राविधिक धार सञ्चालन, स्थानीय पाठ््यक्रम÷सूचना तथा प्रविधि र सुशासन जस्ता सूचकमा गरिएको मूल्याङ्कमा वागमती प्रदेशबाट महानगरपालिकाले अवार्ड प्राप्त गरेको हो । यससँगै यस प्रदेशबाट चितवनको नारायणी माध्यमिक विद्यालयले उत्कृष्ट विद्यालय र काभ्रेपलाञ्चोकको जनक माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रदिप पराजुलीले उत्कृष्ट प्रधानाध्यापक अवार्ड प्राप्त गरे । पानले हरेक प्रदेशबाट १/१ जना प्रधानाध्यापक, १/१ वटा विद्यालय र १ १ वटा पालिकालाई अवार्ड प्रदान गरेको हो ।

राजधानीमा आयोजना गरिएको कार्यक्रममा उपसभामुख इन्दिरा राना मगर र पानका अध्यक्ष सुदामप्रसाद गौत्तमले अवार्ड प्रदान गरेका थिए । उक्त अवार्ड सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाले अवार्ड ग्रहण गरेका थिए ।

अवार्ड प्राप्त गरिसकेपछिको संक्षिप्त प्रतिक्रियामा इञ्जिनियर झाले भने, ‘यसले महानगरपालिकालाई थप जिम्मेवारी र दायित्व थपेको छ । यी दायित्व र जिम्मेवारीहरुलाई महानगरपालिकाले पूरा गर्नेछ ।’

प्रकाशित मिति : २७ जेष्ठ २०८१, आइतबार  १२ : १० बजे

लुम्बिनी प्रदेशका सांसदसँग प्रधानमन्त्री, विकासदेखि सुशासनसम्मका एजेण्डामा जोड

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले लुम्बिनी प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूसँग

सबै मन्त्रालयले बुझाए सुधारका कार्ययोजना, प्रधानमन्त्री कार्यालयले नियमित अनुगमन गर्ने

काठमाडौँ । सरकारका सबै मन्त्रालय र मातहतका निकायले सात दिनभित्रै

ओली र लेखकलाई हिरासतमा राख्ने म्याद नथप्न सर्वोच्चको परमादेश

काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री

दोस्रो सौभाग्य गोल्डकपमा देवदहको सहज जित

बुटवल । बुटवलमा जारी सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य

रुपन्देही उद्योग संघमा खाद्यान्न र कृषि तथा डेरी वस्तुगत समिति गठन

बुटवल । रुपन्देही उद्योग संघमा सोमबार दुई वटा बस्तुगत समिति