१५ फाल्गुन २०८२, शुक्रबार | February 27, 2026

आँबुखैरेनी मुग्लिन सडक खण्ड सञ्चालन



दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी मुग्लिन सडक खण्ड सञ्चालनमा आएको छ । आँबुखैरेनी गाउँपालिका-४ साँखर ड्याम नजिक भासिएको सडक मर्मतका लागि आज बिहान १० बजेदेखि बन्द गरिएको उक्त सडक खण्ड दिउँसो १ः१० बजेदेखि सञ्चालन भएको हो ।

राजमार्ग बन्द भएको समयमा आँबुखैरेनीबाट मुग्लिनतर्फ जाने सवारी साधनलाई आँबुखैरेनी नजिक रोकिएको थियो । राजमार्ग सञ्चालन भएपछि रोकिएका सवारी साधन गन्तव्यतर्फ लागेको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रहरी नायब निरीक्षक सन्तोष पौडेलले जानकारी दिए ।

उक्त ठाउँको हिलसाइडमा चर्किएर बसेको ढुङ्गाहरु झार्नुपर्ने भएकाले सडक अवरुद्ध गरेर काम गरिएको सडक डिभिजन कार्यालय दमौलीका प्रमुख पशुपति ज्ञवालीले जानकारी दिए । विसं २०७९ जेठ २७ गते वर्षाका कारण उक्त ठाउँमा सडक भासिएको थियो । हाल भासिएको सडक मर्मत भइरहेको छ । निर्माण व्यवसायी जिएस इन्जिनियरिङ प्रालि भरतपुरले सडक मर्मत गरिरहेको छ । मस्र्याङ्दी नदीदेखि पहिरो नियन्त्रणको काम भइरहेको सडक डिभिजन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०८१, आइतबार  ३ : ४१ बजे

निर्वाचन विशेष मौसम बुलेटिन : उल्लेखनीय प्रभाव नदेखिने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले निर्वाचनको समयमा यही

प्रतिनिधिसभा सदस्य निर्वाचन : आयोगले पत्ता लगायो ६१२ वटा हानिकारक सूचना

काठमाडौँ । निर्वाचन आयोगमा स्थापना भएको निर्वाचन सूचना सम्प्रेषण तथा

निर्वाचनलाई निष्पक्ष, भयरहित वातावरणमा सम्पन्न गराउन निर्देशन

पोखरा । गृहसचिव राजकुमार श्रेष्ठले निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा

बिबिसीको डकुमेन्ट्री विवादबारे सुरज पाण्डेको अभिव्यक्ति : ‘निर्वाचनमा विवेक प्रयोग गरौँ’

बुटवल । उज्यालो नेपाल पार्टीका तर्फबाट रुपन्देही क्षेत्र नं. २

प्रतिनिधिसभा सदस्य निर्वाचन : सम्पूर्ण तयारी अन्तिम चरणमा

काठमाडौँ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन,