३० चैत्र २०८२, सोमबार | April 13, 2026

ग्लोबल आइएमई बैंकको “डिजिटल युनिभर्स” सञ्चालनमा



काठमाडौ । ग्लोबल आइएमई बैंकले विभिन्न स्वचालित डिजिटल बैंकिङ सेवाहरु प्रदान गर्ने गरी छुट्टै लाउन्ज “डिजिटल युनिभर्स” सञ्चालनमा ल्याएको छ ।
आइतबार बैंकमा आयोजित एक विशेष कार्यक्रमबिच नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा ग्लोबल आइएमई बैंक लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले चेक जम्मा गर्ने मेशिन, नगद जम्मा गर्ने मेशिन र एटीएम मेशिन जस्ता अत्याधुनिक मेशिनहरु रहेको डिजिटल युनिभर्सको उद्घाटन गरेका छन् ।

उद्घाटन समारोहमा बोल्दै अध्यक्ष ढकालले भने, “डिजिटल युनिभर्सको सञ्चालनले डिजिटल बैंकिङलाई प्रवद्र्धन गर्दै आम जनतालाई डिजिटल कारोबार गर्न प्रोत्साहन गर्नुका साथै ग्राहकहरुलाई सरल र सहज बैंकिङ सेवा प्रदान गर्न सहयोग पुग्नेछ ।”

“यो पहल ग्लोबल आइएमई बैंकको आफ्ना ग्राहकहरुलाई छिटो र सरल बैंकिङ सेवा प्रदान गर्ने निरन्तर प्रयासहरुको एक हिस्सा हो । हामीले आज लन्च गरको डिजिटल युनिभर्सको उद्देश्य अहिले विश्वव्यापीरुपमा भइरहेको डिजिटल बैंकिङतर्फको यात्रासँग मेल खान्छ ।”

आजको युगमा डिजिटल बैंकिङको महत्व बढ्दै गएको छ । डिजिटल बैंकिङले ग्राहकहरुलाई आफ्नो अनुकूल समयमा सुरक्षित र सहज बैंकिङ सेवा उपलब्ध गराउँछ ।
ग्लोबल आइएमई बैंकको डिजिटल युनिभर्सले यस डिजिटल रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्नेछ ।

यस्ता नवीन बैंकिङ्ग प्रविधिहरु अंगालेर बैंकले आफ्ना ग्राहकहरुको बदलिँदो बैंकिङ आवश्यकताहरु मात्र पुरा गरेको छैन, डिजिटल नेपाल निर्माणको लागि आधार खडा गर्न उल्लेख्य सहयोग पु¥याएको छ ।
कार्यक्रममा बैंकका सञ्चालकहरु, प्रमुख कार्यकारी अधिकारीलगायत बैंकका उच्च व्यवस्थापनका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २७ जेष्ठ २०८१, आइतबार  ७ : ४६ बजे

प्रधानमन्त्री शाह र बागमती प्रदेशका सांसदहरूबीच छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले बागमती प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूसँग

छात्रवृत्ति विवरण सार्वजनिक गर्न विद्यालयलाई शिक्षा मन्त्रालयको निर्देशन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी तथा सार्वजनिक

गृहमन्त्री गुरुङ र चिनियाँ राजदूत माओमिङबीच भेट

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि जनवादी गणतन्त्र

सर्वसुलभ शुल्कमा दन्त सेवा दिँदै बुटवलको आधुनिक समाज डेन्टल केयर

बुटवल । बुटवल पुष्पलाल पार्कस्थित आधुनिक समाज डेन्टल केयर प्रालिले

सभामुख अर्यालद्वारा पूर्वसभामुखसँग छलफल

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसदीय अभ्यास र प्रणालीका