१७ माघ २०८२, शनिबार | January 31, 2026

लुम्बिनी प्रदेश प्रमुख शेरचन रारा भ्रमणमा



मुगु । लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले परिवारका सदस्य र सचिवालय टिम सहित रारा भ्रमणमा पुगेका छन् । शनिबार कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारसँग शिष्टाचार भेट गरेका शेरचन आज मुगु जिल्लाको राराताल पुगेका हुन् ।

भ्रमणमा प्रदेश प्रमुख शेरचन, शेरचन पत्नी शान्ति शेरचन, उनको सचिवालयको टोली र कर्मचारीको सहभागीता रहेको छ । भ्रमणका क्रममा प्रदेश प्रमुख सहितको टोलिले घोडामा सवार गरि राराको सौन्र्यताको अवलोकन गरेका थिए ।

नेपालकै स्वर्गकी रानीको उपमा पाएको रारामा दैनिक सयौं पर्यटकको भिड लाग्ने गर्दछ । रारा प्राकृतिक रूपमा निर्मित नेपालको सबैभन्दा ठुलो ताल हो ।

रारामा स्थलमार्ग र हवाई मार्गबाट पुग्न सकिने भएपनि प्रदेश प्रमुख शेरचनको टोलि भने स्थलमार्गबाटै रारा पुगेका छन् । राराको सुन्दरताले आफुहरु लोभ्याएको बताउँदै प्रदेश प्रमुख शेरचनले हरेक नेपाली एक पटक रारा पुग्नु पर्ने बताए ।

प्रकाशित मिति : २७ जेष्ठ २०८१, आइतबार  ९ : १६ बजे

स्थानीय र प्रदेश निर्वाचनअघि कांग्रेसको १५ औँ महाधिवेशन हुन्छ : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तह

म्याग्दीमा आठ सय ६१ जना निर्वाचन प्रहरी छनोट

म्याग्दी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा ८६१ जना

बालेन साहको घरमा तोडफोड

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता बालेन

सुविधा र रोजगारी खोज्दै पहाडबाट तराई झर्ने बढे

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पछिल्ला वर्षहरूमा पहाडी जिल्लाबाट बसाइँ

बाँझो जमिन उपयोग गरेर फलाइयो तिते फापर

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिन उपयोगमा ल्याउँदै पहिलो पटक