२२ कार्तिक २०८३, आइतबार | November 8, 2026

पारस खड्काको आरोप – क्यानकै सदस्य नेपाली क्रिकेटलाई बदनाम गराउन लागे



काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले संघकै सदस्यहरुले नेपाली क्रिकेटलाई बदनाम गराउने प्रयास गरिरहेको आरोप लगाएका छन् ।

सोमबार सामाजिक सञ्जालमार्फत खड्काले संघका पदाधिकारी र नेपाली क्रिकेटलाई नै बदनाम गराउन संघ भित्रका सदस्यहरुले प्रयास गरिनु दुखद भएको टिप्पणी गरेका हुन् ।

उनले कयौं चुनौती र कठिनाइहरुलाई चिर्दै नेपाल क्रिकेटको दिगो विकास र विस्तारतर्फ नेपाल क्रिकेट संघ चलिरहेको समय आफैंमा महत्वपूर्ण रहेको बताएका छन् ।

पारसले भनेका छन् :

नेपाल क्रिकेटको अभिभावकीय संस्था रहेको नेपाल क्रिकेट संघ (क्यान)ले समग्र नेपाली क्रिकेट र खेलाडीहरुको पक्षमा काम गर्दै आएको छ। पछिल्लो ९ महिना यता नेपाल क्रिकेट भित्र भएका केहि सराहनीय कार्यको फल स्वरुप सिंगो, संस्था नेपाल क्रिकेट संघ (क्यान) वर्तमान अवस्थामा सुमार्ग र सफलताको यात्रामा अघि बढीरहेको सर्वविदितै छ।

कयौं चुनौती र कठिनाइहरुलाई चिर्दै नेपाल क्रिकेटको दिगो विकास र विस्तारतर्फ नेपाल क्रिकेट संघ चलिरहेको समय आफैंमा महत्वपुर्ण रहेको छ । यद्यपि यी सबैका विच, संघका अध्यक्ष, सचिव लगायत सिंगो संस्था र समग्र नेपाली क्रिकेटलाई नै बदनाम गराउंदै आफ्नो व्यक्तिगत लाभ र प्रायोजन हत्याउने उद्देश्य सहित यसै संघ भित्रका केही सदस्यहरुले हरसम्भव प्रयास गरिरहनु भएको कार्य आफैंमा दुखद हो।

नेपाली क्रिकेटमा खेलाडीको रुपमा मैले देशको झण्डा ओड्दै यसको गरिमा र मान(प्रतिष्ठालाई थप उचाईमा लग्नका निम्ति गरेको २० वर्षको प्रयासलाई सम्झंदै यस खेलको विकासमा आफुलाई समर्पित गर्ने निधो गरेको हुँ। नेपाललाई क्रिकेटिंग राष्ट्रका रुपमा आत्मनिर्भर बनेको हेर्ने हामी सबैको सपनालाई साकार पार्दै नेपाल क्रिकेट संघको गरिमालाई थप उचाईमा पुर्याउनु मेरो लक्ष्य, जिम्मेवारी र प्रमुख कर्तव्य ठानेको छु ( र यसै सपनालाई साकार पार्न संस्थागत रुपबाट केही गरौं भन्ने सोचका साथ खेलाडी जीवनबाट सन्यास लिंदै नेपाल क्रिकेट संघको जिम्मेवारीपुर्वक काम गर्न पाउनु मेरो लागि सवैभन्दा ठुलो अवसर समेत ठानेको छु।

यस विचमा मैले २० वर्ष देशको लागि खेलाडीका रुपमा कमाएको व्यक्तिगत प्रतिष्ठा मात्र नभई संघको गरिमामाथि नै आंच आउने गरी केही पदीय लाभ लिनका निमित्त अनर्गल र आधारहीन वक्तव्यहरुको बाटो रोजेर नेपाली क्रिकेटमा फैलाउन खोजिएको अराजकताको उचित छानविनसहित संस्थागत पद्दतिबाट छिट्टै नै कानुनी उपचार समेत खोजिने छ।

साथै, नेपाली क्रिकेटका सम्पूर्ण समर्थकहरुलाई समेत यस प्रकारका व्यक्तिगत राजनीतीक लाभका लागि गरिएका फलहीन मिडियाबाजीबाट विचलित नभई नेपाली राष्ट्रिय क्रिकेट टिमलाई यस विश्वकपमा सक्दो हौसला प्रदान गरिदिनुहुन समेत हार्दिक अनुरोध गर्दछु।

विश्वकप जस्तो सर्वोच्च मंचमा नेपाली राष्ट्रिय क्रिकेट टोली सहभागी भैरहेको यो समयमा हामी सबैको ध्यान र साँचो समर्थन हाम्रो टोली र खेलाडीहरु प्रति रहनु आवश्यक रहेको छ। यो क्षणमा हामी सबैको मुख्य प्राथमिकता भनेको क्रिकेट हो भन्ने पक्षलाई मनन गर्दै सिंगो विश्वसामु लडिरहेका हाम्रा खेलाडीहरुको मनोवल र हौसला बढाईदिनु हुन र नेपाली टोलीलाई समर्थन गरिदिनुहुन समेत अनुरोध गर्दछु ।

 

प्रकाशित मिति : २८ जेष्ठ २०८१, सोमबार  ११ : ४२ बजे

एनपीएल : लुम्बिनी लायन्स काठमाडौं गोर्खाजसँग ३६ रनले पराजित

काठमाडौं । अपराजित यात्रामा रहेको लुम्बिनी लायन्स काठमाडौं गोर्खाजसँग ३६

सरकारले काम गरिरहेको छ, गौतमबुद्ध विमानस्थल चाँडै चल्छ : सांसद अग्रवाल

भैरहवा । प्रतिनिधि सभा सदस्य पुनमकुमारी अग्रवालले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय

पहिलो गणतान्त्रिक सरकारले नै कर्णालीको समृद्धिको खाका कोरेको हो : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णालीलगायत

सर्वोच्च अदालतका लागि सिफारिस चार न्यायाधीशको नाम सर्वसम्मत अनुमोदन

काठमाडौं । सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा

यात्रु कुट्ने चालक र सह-चालक पक्राउ

बुटवल । मागेजती भाडा नदिएको निहुमा यात्रीमाथि कुटपिट गर्ने चालक