३ मंसिर २०८२, बुधबार | November 19, 2025

विभेद र असमानता अन्त्य नभएसम्म मुलुकको विकास हुँदैन : अध्यक्ष यादव



धनुषा । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले देशमा सबै किसिमको विभेद र असमानताको अन्त्य नभएसम्म कुनै पनि क्षेत्रमा सुधार र विकास हुन नसक्ने धारणा राखेका छन् ।

जनकपुरधाममा आज जसपा नेपालको पहिलो राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष यादवले भारतमा जस्तै नेपालमा पनि वर्ग मात्र होइन वर्णअनुसार हुने शोषण र उत्पीडन विद्यमान रहेको बताए ।

उनले भने, “दुई तिहाईभन्दा बढी जनता पिछडिएका छन्, देशमा विकास कसरी हुन्छ ?’ पर्यटन, पानी, प्राकृतिक सम्पदा, उर्वर भूमिसहितका अनेकौ विकासका आधार हुँदाहुँदै पनि मुलुक विश्वमै गरिब देशको सूचीमा पनि त्यसैको एक प्रमाण हो ।”

पूर्वउपप्रधानमन्त्री यादवले नेतृत्व सुध्रिए युवाहरु रोजगारी खोज्दै विदेश जान नपर्ने र जनता आत्मनिर्भर बन्नसक्ने बताए । अब आफूहरुले सदनमा प्रतिपक्षीको भूमिका निर्वाह गर्ने उल्लेख गर्दै उनले जनताको हक र अधिकारका सधै अग्रसर भइरहने प्रतिबद्धता व्यक्त गरे ।

सो अवसरमा अध्यक्ष यादवले भारत, मलेसिया, स्पेनसहितका देशहरुबाट आएका समाजवादी नेता तथा चिन्तकलाई मायाको चिनो प्रदान गर्नुका साथै धन्यवाद ज्ञापन गरेका थिए ।

प्रकाशित मिति : २८ जेष्ठ २०८१, सोमबार  १० : ५३ बजे

गलेश्वर शिवालयमा भक्तजनको घुइँचो

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा अवस्थित गलेश्वर शिवालय मन्दिरमा

ताप्लेजुङ तेम्बा बजारको आगलागीबाट एक करोड १८ लाखबढीको क्षति

फुङ्लिङ । ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुँदा रु एक करोड

५ वटा ज्यानमार्ने उद्योगसहित ६ मुद्दामा फरार सरोजविक्रम विष्ट (समिर)पक्राउ

नेपालगन्ज । बाँकेमा ५ वटा ज्यान मार्ने उद्योग र एक

समाज कल्याण परिषद्को सदस्य सचिवमा मनोज भट्ट नियुक्त

काठमाडौ । सरकारले समाज कल्याण परिषद्को सदस्य सचिवमा मनोज भट्टलाई

बाराको सिमरामा जेनजी युवा र एमाले कार्यकर्ताबीच झडप, कर्फ्यू लगाइयो

काठमाडौं । एमाले महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत