९ श्रावण २०८३, शनिबार | July 25, 2026

विभेद र असमानता अन्त्य नभएसम्म मुलुकको विकास हुँदैन : अध्यक्ष यादव



धनुषा । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले देशमा सबै किसिमको विभेद र असमानताको अन्त्य नभएसम्म कुनै पनि क्षेत्रमा सुधार र विकास हुन नसक्ने धारणा राखेका छन् ।

जनकपुरधाममा आज जसपा नेपालको पहिलो राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष यादवले भारतमा जस्तै नेपालमा पनि वर्ग मात्र होइन वर्णअनुसार हुने शोषण र उत्पीडन विद्यमान रहेको बताए ।

उनले भने, “दुई तिहाईभन्दा बढी जनता पिछडिएका छन्, देशमा विकास कसरी हुन्छ ?’ पर्यटन, पानी, प्राकृतिक सम्पदा, उर्वर भूमिसहितका अनेकौ विकासका आधार हुँदाहुँदै पनि मुलुक विश्वमै गरिब देशको सूचीमा पनि त्यसैको एक प्रमाण हो ।”

पूर्वउपप्रधानमन्त्री यादवले नेतृत्व सुध्रिए युवाहरु रोजगारी खोज्दै विदेश जान नपर्ने र जनता आत्मनिर्भर बन्नसक्ने बताए । अब आफूहरुले सदनमा प्रतिपक्षीको भूमिका निर्वाह गर्ने उल्लेख गर्दै उनले जनताको हक र अधिकारका सधै अग्रसर भइरहने प्रतिबद्धता व्यक्त गरे ।

सो अवसरमा अध्यक्ष यादवले भारत, मलेसिया, स्पेनसहितका देशहरुबाट आएका समाजवादी नेता तथा चिन्तकलाई मायाको चिनो प्रदान गर्नुका साथै धन्यवाद ज्ञापन गरेका थिए ।

प्रकाशित मिति : २८ जेष्ठ २०८१, सोमबार  १० : ५३ बजे

एमाले र नेकपाबीच ३ बुँदे सहमति : कोशी, बागमती र लुम्बिनी एमालेलाई, कर्णाली र सुदुरपश्चिम नेकपालाई

काठमाडौं । राजनीतिक स्थिरता, सुशासन, समृद्धि र प्रादेशिक विकासको गतिलाई

कर्णालीका मुख्यमन्त्री कँडेलले दिए पदवाट राजीनामा

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आफ्नो पदवाट राजीनामा

कालीगण्डकी तटमा एक सय आठ तुलसी रोपण

बागलुङ । धार्मिक महत्व बोकेको कालीगण्डकी नदी तटको निरयघाटमा हरिशयनी

समाजसेवी तथा कम्युनिष्ट नेता मिलन सापकोटाको सालिक अनावरण

खजुरा । बाँकेको खजुरामा रहेर लामो समय समाजसेवा सहित राजनीतिक

मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

कर्णाली । मुगुको कार्मारोङमा गाउँपालिका-५ पुलु बजारमा गएको ढुङ्गासहितको पहिरोमा