७ पुस २०८२, सोमबार | December 22, 2025

कपिलवस्तुमा बस र पिकअप ठोकिंदा एक जनाको मृत्यु



कपिलवस्तु । कपिलवस्तुमा बस र पिकअप गाडी एकआपसमा ठोकिंदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ८ जना घाइते भएको प्रहरीले जनाएको छ ।

जिल्लाको बुद्धभूमि नगरपालिका-४ झडुलामाई मन्दिरस्थित पूर्व-पश्चिम राजमार्गमा यात्रु वाहक बस र पिकअप गाडी ठोकिंदा एक जनाको मृत्यु भएको हो ।

मंगलबार बिहान साढे ५:१५ बजेतिर काठमाडौंबाट सुर्खेत जाँदै गरेको क प्र.०२-००१ ख ०५२५ नम्बरको बस र बिपरित दिशाबाट आउँदै गरेको लु १ च ९२८४ नम्बरको पिकअप आपसमा ठोकिएको कपिलवस्तु प्रहरीले जनाएको छ ।

घटनामा पिकअप चालक कपिलवस्तु शिवराज नगरपालिका बस्ने हिरालाल बढईको मृत्यु भएको छ भने अन्य ८ जना घाइते भएका छन् ।

उनका अनुसार ठक्करपछि पिकअपमा च्यापिएका बढईको २ घण्टापछि उद्धार गरिएको थियो । घाइतेलाई उपचारको लागि बुटवल पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०८१, मंगलबार  ११ : २३ बजे

बुटवलमा जारी प्रदर्शनीमा महिला उद्यमीका स्टलमा अवलोकनकर्ताको आकर्षण

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा महिला उद्यमीका स्टलहरुमा अवलोकनकर्ताको

बालेन र रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

हिसान जिल्लास्तरीय अन्तर विद्यालय भलिबल प्रतियोगिता शुरु

बुटवल । प्रथम हिसान जिल्लास्तरिय अन्तर विद्यालय भलिबल प्रतियोगिता शुरु

एमसीसी परियोजनाबाट सडक पूर्वाधारका दुईवटा योजनासम्बन्धी सम्झौता

काठमाडौं । एमसीए–नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्ट अन्तर्गत

‘ट्रक साहित्य’कारुपमा चर्चित सवारी साधन पछाडि लेखिने कविता सायरीको सामाग्रीमाथि ट्राफिकको डण्डा

नेपालगन्ज । कुनैबेला ट्रक साहित्यकारुपमा चर्चा कमाएको सवारी साधन पछाडीका