२९ असार २०८३, सोमबार | July 13, 2026

राजनीतिक अस्थिरताले महत्वपूर्ण काम समयमै हुन सकेनन् : मख्यमन्त्री कार्की



विराटनगर । कोशी प्रदेश सरकार मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राजनीतिक अस्थिरताका कारण कोशी प्रदेशमा महत्वपूर्ण काम समयमै हुन नसकेको धारणा राखेका छन्। प्रदेश योजना आयोगद्वारा आयोजित ‘प्रदेश विकास परिषद्’ बैठकको आज उद्घाटन गर्दै उनले समयमै आयोजना सम्पन्न गर्नेतर्फ सरकारको ध्यान गएको बताए ।
मुख्यमन्त्री कार्कीले सो वैठकको छलफलका क्रममा उठेका मूलभूत विषय नयाँ बजेटमा समावेश गरिने जनाए । उनले सप्तकोशी नदी किनारमा रहेको महाकुम्भ क्षेत्रको विकास गरी धार्मिक पर्यटक बढाउन सकिने उल्लेख गरे ।
पूर्वअर्थमन्त्री डा युवराज खतिवडाले विकास निर्माणमा  सङ्घ र प्रदेश सरकारबीच तालमेल नमिलेको बताए । पन्ध्रौँ पञ्चवर्षीय योजना सकिन लागेको र १६औँ पञ्चवर्षीय योजना लागू हुने सङ्घारमा देशभित्रका सबै सम्भावना र स्रोत परिचालन गर्ने गरी योजना बन्नुपर्ने उनको भनाइ थियो । डा खतिवडाले कोशी प्रदेश सरकारलाई जलस्रोत, कृषि, ऊर्जाका क्षेत्रलाई व्यापक उपयोग गरी उदाहरणीय काम गर्न सुझाव दिए ।
प्रदेश विकास परिषद्का सदस्य एवं नेपाल कम्युनिष्ट पाटी (माओवादी केन्द्र) कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सङ्घीयता कार्यान्वयन प्रभावकारी ढङ्गले हुन नसकेको बताए । उनले प्रदेश सरकारसमक्ष नयाँ पुस्तालाई आशा जगाउने गरी योजना बनाउन र कार्यान्वयन गर्ने जिम्मेवारी रहेको बताए ।
प्रदेश योजना आयोगका उपाध्यक्ष डा राजेन्द्र अधिकारीले आवधिक योजना आर्थिक वृद्धिदरलाई स्थायी बनाउन, निजी र सहकारी क्षेत्रलाई लगानीको वातावरण सिर्जना गर्न र वैदेशिक लगानी भित्र्याउने गरी निर्माण गर्नुपर्ने धारणा राखे ।
प्रदेश योजना आयोगका सचिव मिमास अधिकारीले दोस्रो आवधिक योजना बनाउनका लागि कोशी प्रदेशभित्र एक हजार जनाको सुझाव लिएको र यसका आधारमा निर्माण भएको दस्तावेजलाई अझ समृद्ध र सुदृढ बनाउन आजको बैठक आयोजना भएको जानकारी दिए।
उनले आगामी साउन १ गतेदेखि लागू हुने योजनालाई सफल बनाउन आजको छलफलले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भन्दै पाँच वर्षका लागि बन्ने यो दस्तावेजमा महत्वपूर्ण बुँदा समावेश हुने विश्वास व्यक्त गरे । बैठकमा कोशी प्रदेश सरकार मन्त्री, प्रदेश योजना आयोगका पदाधिकारी, विभिन्न मन्त्रालयका सचिव, विकास परिषद्का सदस्य, कोशी प्रदेशसभाका विषयगत समितिका सभापति, स्थानीय तहका प्रमुख वा अध्यक्षको सहभागिता रहेको छ । रासस

प्रकाशित मिति : २९ जेष्ठ २०८१, मंगलबार  २ : ३४ बजे

कालीकोटमा पहिरोमा परेर दुई जनाको मृत्यु

कालीकोट । कालीकोटमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ

नेपालगन्जमा मनाइयो आदिकवि भानुभक्तको २१३ औं जन्म जयन्ती

नेपालगन्ज । बाँकेको नेपालगन्जमा आदिकवि भानुभक्त आचार्य को २१३ औं

कांग्रेस सभापति गगन थापाको निवासअगाडि पनि शंकास्पद गाडी पार्किङ

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाको रातोपुलस्थित निवासअगाडि पनि

मोदी खोलाले सडक बगाउँदा घान्द्रुकमा पर्यटक अलपत्र

कास्की । मोदी खोलामा आइतबार आएको बाढीले पक्की सडक बगाउँदा

३०.६० अंकको गिरावटसँगै बजार २५७० मा झर्‍यो, ८ महिनायताकै न्यून बिन्दुमा नेप्से

काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३०.६० अंकले