३२ जेष्ठ २०८१, शुक्रबार | June 14, 2024

राष्ट्रपति पौडेल जेनेभा प्रस्थान



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अन्तर्राष्ट्रिय श्रम सम्मेलनको एक सय १२औँ उच्चस्तरीय बैठकको उद्घाटनसत्रमा हुने सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको मञ्चमा भाग लिन आज अपराह्न जेनेभा प्रस्थान गरेका छन् ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपराष्ट्रपति रामसहायप्रसाद यादव र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिदाइ गरे । त्यसअवसरमा राष्ट्रपतिको सम्मानमा नेपाली सेनाको एक टोलीले सम्मान गारत अर्पण गरेको थियो ।

राष्ट्रपतिको बिदाइका लागि विमानस्थलमा राष्ट्रियसभा अध्यक्ष, उपप्रधानमन्त्री, मन्त्रीगण, संवैधानिक निकायका प्रमुख, सुरक्षा निकायका प्रमुख, नेपाल सरकारका उच्च पदस्थ अधिकारी, यहाँस्थित कूटनीतिक नियोगका प्रमुुख एवं प्रतिनिधि उपस्थित थिए ।

जनेभामा रहँदा राष्ट्रपति पौडेलले भोलि बुधबार स्वीस महासङ्घका राष्ट्रपति विओला आमर्डसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । परराष्ट्र मन्त्रालयका अनुसार उनले सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन मञ्चको उद्घाटन समारोहलाई यही जेठ ३१ गते सम्बोधन गर्ने कार्यक्रम छ । राष्ट्रपति पौडेल जर्मनीका राष्ट्रपति फ्रैङ्क–वाल्टर स्टिनमेयरको निमन्त्रणामा औपचारिक भ्रमणका लागि जेनेभाबाट आगामी असार १ गते सङ्घीय गणतन्त्र जर्मनीको बर्लिनतर्फ प्रस्थान गगर्नेछन् । त्यहाँ रहँदा उनले आफ्ना जर्मन समकक्षी स्टिनमेयरसँग औपचारिक भेटवार्ता गर्नेछन् ।

राष्ट्रपति पौडेलका साथ उनकी धर्मपत्नी सविता पौडेल रहनेछिन् । प्रतिनिधिमण्डलका अन्य सदस्यहरूमा राष्ट्रपतिका परराष्ट्र मामिलाविज्ञ डा सुरेशचन्द्र चालिसे, राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका सचिवहरू, स्वीट्जरल्याण्ड र जर्मनीका लागि नेपाली राजदूत तथा राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारी रहनेछज् । राष्ट्रपति पौडेल असार ५ गते स्वदेश फर्कने कार्यक्रम छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०८१, मंगलबार  ७ : ५७ बजे

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

म्याग्दीमा कृषि विकासका विविध कार्यक्रम कार्यान्वयनमा

म्याग्दी । जिल्लाको कृषि विकासका निम्ति गण्डकी प्रदेश सरकारले चालु

लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रारमा डा. तिलकराम आचार्य नियुक्त

बुटवल । लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रार पदमा सहप्राध्यापक डा. तिलकराम

अफगानिस्तान टी-२० विश्वकपको सुपर आठमा, न्यूजिल्याण्ड बाहिरियो

काठमाडौं । न्यूजिल्याण्ड जारी टी -२० विश्वकपबाट बाहिरिएको छ ।

काठमाडौं उपत्यकामा आज दिउँसो आशिंक बदली र राति हल्का वर्षा हुने पूर्वानुमान

काठमाडौं । काठमाडौं उपत्यकामा बिहीबारको तुलनामा आज केही शीतल हुने