२० मंसिर २०८२, शनिबार | December 6, 2025

बीरगन्जमा २४ वर्षदेखि बिना दर्ता बिद्यालय सञ्चालनमा, बिना अनुमति सञ्चालित पाँच विद्यालय शिलबन्दी



वीरगन्ज । नगर क्षेत्रमा बिना अनुमति सञ्चालित पाँच वटा विद्यालय वीरगन्ज महानगरले मङ्गलबार शिलबन्दी गरेको छ ।

शिक्षा समितिको अनुगमन समितिले अवैध रुपमा सञ्चालित पाँचवटा विद्यालयमा शिलबन्दी गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाएको महानगरका जनसम्पर्क सल्लाहकार नवराज फुयाँलले जानकारी दिए ।

शिलबन्दी भएका विद्यालयहरुमा सिजी एजुकेसनद्वारा सञ्चालित दिल्ली पब्लिक स्कुलको पूर्वप्राथमिक तह (मन्टेश्वरी), निनोस वीरगन्जको नामबाट वीरगन्ज महानगरपालिका वडा नं १२ मुर्ली बगैँचामा सञ्चालित विद्यालय छन् । वीरगन्ज महानगरपालिका-२६ सुगौलीमा विसं २०५७ सालदेखि सञ्चालित सिटिजन पब्लिक स्कुल, विसं २०७५ देखि सञ्चालित एएस नलेज एकेडेमी र वडा नं १८ भवानिपुरमा सञ्चालित सुरज एकेडेमीमा पनि शिलबन्दी गरिएको महानगरले जनाएको छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०८१, मंगलबार  १० : १० बजे

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति