३० चैत्र २०८२, सोमबार | April 13, 2026

ग्लोबल आइएमईले संचालनमा ल्यायो “डिजिटल युनिभर्स”



काठमाडौ । ग्लोबल आइएमई बैंकले अधिकांस बैंकिङ सेवाहरु बैंकको वेबसाइटमार्फत अनलाइन उपलब्ध गराउने गरी “डिजिटल युनिभर्स” सञ्चालनमा ल्याएको छ ।
सूचना प्रविधिको विकास र विस्तारसँगै विश्वभर देखिएको डिजिटल बैंकिङतर्फको बढ्दो आकर्षण र ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गरी बैंकले आफ्ना दुई दर्जनभन्दा बढी सेवाहरुलाई बैंकको वेबसाइट मार्फत अनलाइनबाटै प्रदान गर्ने व्यवस्था गरेको हो ।

बैंकले क्यूआर कोड तथा पीओएस रजिस्ट्रेसन, इजी बाई इजी पे, इकम कार्ड आवेदन, मुद्दती निक्षेप खाताको आवेदन, नयाँ क्रेडिट कार्ड आवेदन, मोबाइल बैंकिङ एक्सेस, मोबाइल बैंकिङ ब्लक तथा अनब्लक, डेबिट कार्ड ब्लक तथा अनब्लक, नयाँ डेबिट कार्ड आवेदन, डेबिट कार्ड परिवर्तनको आवेदन, ग्रिन पिन (डेबिट कार्डको लागि) आवेदन, क्रेडिट कार्डको विवरणको लागि आवेदन, क्रेडिट कार्ड परिवर्तनको आवेदन, ग्रिन पिन (क्रेडिट कार्डको लागि) आवेदन, क्रेडिट कार्ड ब्लक तथा अनब्लक, डिम्याट, सिआस्बा, मेरो शेयर, टीएमएस खाता खोल्ने, मुद्दती खाता प्रिम्याचुयर आदि ग्राहकमैत्री सेवाहरु बैंकको वेवसाइटबाटै अनलाइन प्रदान गर्नेछ ।

ग्राहकहरुले यस बैंकको वेवसाइटमा रहेकाको “डिजिटल युनिभर्स” मा गई वा https://digitaluniverse.gibl.com.np/मा सिधै क्लिक गरी उल्लेखित सेवाहरु आफ्नो अनुकुलमा प्रयोग गर्न सक्नुहुनेछ ।

बैंकले केहि दिन अगाडिमात्र विभिन्न स्वचालित डिजिटल बैंकिङ सेवाहरु प्रदान गर्ने गरी छुट्टै लाउन्ज “डिजिटल युनिभर्स” सञ्चालनमा ल्याएको थियो ।
जसमा चेक जम्मा गर्ने मेशिन, नगद जम्मा गर्ने मेशिन र एटीएम मेशिन जस्ता अत्याधुनिक मेशिनहरु रहेका छन् । पछिल्लो समय इन्टरनेट प्रयोगकर्ताहरुलाई अनलाइनमार्फत नविनतम् बैंकिङ अनुभव प्रदान गर्ने उद्देश्यले बैंकले डिजिटल युनिभर्स सार्वजनिक गरेको हो ।

प्रकाशित मिति : २९ जेष्ठ २०८१, मंगलबार  ९ : ५४ बजे

प्रधानमन्त्री शाह र बागमती प्रदेशका सांसदहरूबीच छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले बागमती प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूसँग

छात्रवृत्ति विवरण सार्वजनिक गर्न विद्यालयलाई शिक्षा मन्त्रालयको निर्देशन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी तथा सार्वजनिक

गृहमन्त्री गुरुङ र चिनियाँ राजदूत माओमिङबीच भेट

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि जनवादी गणतन्त्र

सर्वसुलभ शुल्कमा दन्त सेवा दिँदै बुटवलको आधुनिक समाज डेन्टल केयर

बुटवल । बुटवल पुष्पलाल पार्कस्थित आधुनिक समाज डेन्टल केयर प्रालिले

सभामुख अर्यालद्वारा पूर्वसभामुखसँग छलफल

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसदीय अभ्यास र प्रणालीका