१६ फाल्गुन २०८२, शनिबार | February 28, 2026

बुटवलमा दृष्टीबिहिनका लागि १५ दिने ब्रेल लिपी सिप विकास तालिम



बुटवल । बुटवलमा दृष्टी बिहिनहरुका लागि ब्रेली लिपी (गोपेर लेख्ने छामेर पढ्ने)सम्बन्धी सिप विकास तालिम सुरु भएको छ । रुपन्देही नेत्रहिन संघ बुटवलको आयोजना तथा बुटवल उपमहानरपालिका आर्थिक सहयोगमा आजदेखि १५ दिने ब्रेली लिपी (गोपेर लेख्ने छामेर पढ्ने) सम्बन्धी सिप विकास तालिम सुरु भएको हो ।

तालिमको विहिबार एक कार्यक्रमका बीच बुटवल उपमहानरापलिकाका प्रमुख खेलराज पाण्डेयले उदघाटन गरे । सो अवसरमा बोल्दै नगर प्रमुख पाण्डेयले आगामी आर्थिक बर्ष देखि बुटवल उपमहानरपालिकाले अपाङ्गता भएका व्याक्तिहरुको लागि तालिम प्रदान गर्ने ग्यारेन्टी सहितको बजेट व्यवस्थापन गरेको जानकारी दिए । उनले चालु बर्षमा अपाङ्गता भएका विभिन्न प्रकृतिका १०० जनालाई तालिमको बजेट छुट्टाइएकोमा ६० जनाको मात्रै तालिमको लागि आवेदन आएको जानकारी दिए ।

उनले शाररिक अपाङ्गता भएका व्याक्तिहरुको लागि चुरापोते बनाउने तालिम, बहिरापना भएका व्याक्तिहरुको लागि बटिष्टटा तालिम र दृष्टिविहिनता भएका व्याक्तिहरुको लागि ब्रेल लीपी सम्बन्धी सिप विकास तालिम यहि बर्षबाट सुरुवात गरिएको जानकारी दिए ।

अपाङ्गता भएका व्याक्तिहरुको लागि बजेटमा नै तालिमको व्यवस्थापन गर्ने बुटवल पहिलो पालिका भएको भन्दै नगर प्रमुख पाण्डेयले अपांगता भएका व्याक्तिहरुको लागि तालिम हकको रुपमा समेत स्थापित भएको दाबी गरे । उनले तालिममा सिकेको सीपलाई व्यवहारमा ल्याइ स्वरोजगार र आत्मनिर्भर बन्न तालिममा सहभागीहरुलाई आग्रह गरे ।

कार्यक्रममा बोल्दै बुटवल उपमहनगरपालिकाकी उप प्रमुख सावित्रा देवी अर्यालले बुटवललाई यो बर्ष तालिमको हवको रुपमा विकास गरिएको जानकारी दिईन् । उनले सोही अनुसार अहिले मागमा आधारिता तालिम प्रदान गर्नको लागि नगरपालिकाले टोल टोलमा तालिम सञ्चालन गरेको जानकारी दिईन् ।

नेपाल नेत्रहिन संघ लुम्बिनी प्रदेशका अध्यक्ष तथा रुपन्देही नेत्रहिन संघका पुर्व अध्यक्ष बालकृष्ण मरासीनीले विगत लामो समय देखि बुटवल उपमहानरपालिकाले नेत्रहिन संघलाई सहयोग गर्दै आएको बताए । उनले अपाङ्गता भएका व्यक्तिहरुलाई सदैव सकारात्मक रुपमा हेर्नुपर्ने बताउँदै अपाङ्गताको नाममा आएको पैसा उनीहरुकै लागि खर्च गर्न माग गरे ।

कार्यक्रममा नेत्रहिन संघ रुपन्देहीका अध्यक्ष कृष्ण बहादुर जिसी, कोषाध्यक्ष ओम बहादुर सिंह, सचिव नेत्रनिधी ढकाल लगायतले आ-आप्mनो भनाई राखेका थिए ।

१५ दिन सम्म चल्ने तालिममा दिलमाया चौधरीले सहजीकरण गर्ने छिन् । तालिम शुभारम्भ कार्यक्रममा बुटवल उपमहानरपालिका वडा नम्बर १२ का अध्यक्ष डिल्ली प्रसाद शर्मा,, बुटवल उपमहानरपालिका सामाजिक विकास तथा पञ्जीकरण शाखा प्रमुख संगीता अर्याल, राष्ट्रिय अपाङ्ग महासंघ नेपाल संघीय सदस्य तथा राष्ट्रिय निर्देशक समिति सदस्य सावित्रा घिमिरे, नेपाल नेत्रहिन संघ केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश ईन्चाज शिला घिमिरेलगायतको सहभागीता रहेको थियो ।

सोही कार्यक्रममा बुटवल उपमहानरपालिकाको आर्थिक सहयोगमा निर्माण भएको अपाङ्गता मैत्री शौचालयको चाबी रुपन्देही नेत्रहिन संघका अध्यक्ष कृष्ण बहादुर जिसीलाई प्रदान गरी शौचालयको औपचारिक रुशुभारम्भ समेत गरिएको थियो ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८१, बिहिबार  ९ : ५४ बजे

कञ्चनपुरमा ‘ड्रोन’ प्रयोगमा रोक

कञ्चनपुर । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित

आकर्षक पर्यटकीय गन्तव्य बन्दै च्याङ्ग्रे क्षेत्र

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक

सवारी दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते

भद्रपुर । यहाँको बिर्तामोड नगरपालिका-४ कञ्चनजङ्घा स्कुल नजिक भित्री सडकखण्डमा

आजको मौसम : हिमाली भेगमा हल्का वर्षासहित हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक

इंग्ल्यान्डद्वारा न्युजिल्यान्ड ४ विकेटले पराजित, सेमिफाइनलमा स्थान सुरक्षित

काठमाडौं । आईसीसी पुरुष टी-२० विश्वकप अन्तर्गत सुपर-८ चरणको प्रतिस्पर्धा