२८ मंसिर २०८२, आइतबार | December 15, 2025

डिजे कन्सर्ट गर्दै सगरमाथा आरोहण गरेर फर्किएका डिजे तेन्जिङलाई नेपालगन्जमा सम्मान



नेपालगन्ज । डिजे कन्सर्ट गर्दै सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर फर्किएका डिजे तेन्जिङ शेर्पालाई नेपालगन्जमा भव्य स्वागतसहित सम्मान गरिएको छ । गत जेठ दोस्रो साता डिजे कन्सर्ट गर्दै सर्वोच्च शिखर चढेका शेर्पालाई नेपालगन्जमा शेर्पा समुदायले भव्य स्वागतसंगै सम्मान गरेको हो ।

उनी सगरमाथा आरोहण गर्ने पहिलो डिजे कलाकार हुन् । सम्मान कार्यक्रममा बोल्दै शेपौले क्याम्प २ मा डिजे कन्सर्ट गरेर आफूले विश्व कीर्तिमान बनाएको बताए । ‘ग्लोबल वार्मिङ रोकौं, हिमाल संरक्षण गरौं’ भन्ने नारासहित उनले दुई महिना लगाएर सगरमाथा चढेका थिए । ‘जलवायु परिवर्तनको कारण अहिले विश्वलाई समस्या परिरहेको अवस्था छ । हिमाल संरक्षणको सन्देश दिने उद्देश्यले आरोहण गरेका हौं’ नेपालगन्ज आएका शेर्पाले भने ।

सगरमाथा आरोहण सोँचेअनुसार सफल भएकोमा आफू खुसी रहेको समेत उनले बताए । ‘स्टप ग्लोबल वार्मिङ, सेभ द हिमालय’ अभियानअन्तर्गत सगरमाथाको सफल आरोहण गरेका उनले बेस क्याम्प २ मा डिजे कन्सर्ट आयोजना गरी विश्व कीर्तिमान कायम गरेका हुन् ।

तेन्जिङले विगत १२ वर्षदेखिन अन्तर्राष्ट्रिय सगरमाथा दिवस मे २९ मा पहिलो सगरमाथा आरोहणको सम्झनामा आयोजना हुदैँ आएको सांगितिक कार्यक्रममा डिजे मार्फत कार्यक्रम गर्दै आएका थिए । नेपालको विभिन्न स्थानहरुमा लामो समयदेखिन डिजे गर्दै आएका डिजे तेन्जिङले पर्यटन प्रर्वद्धनसंगै ग्लोबल वामिङको नारा लिएका हुन् । ‘व्यक्तिगत उपलब्धि र रेकर्ड राख्नेभन्दा पनि अहिले जलवायु परिवर्तनका कारण विश्वलाई नै अफ्ठ्यारो परिरहेको अवस्था छ । यस्तोमा हिमालको संरक्षण गर्नुपर्छ भनेर एउटा चेतनामुलक अभियानको प्रारम्भकोरुपमा सगरमाथा आरोहण गरेको हुँ ।’ तेन्जिङले भने, ‘सोचेअनुरुप आफू सफल भएँ, एकदमै खुसी छु ।’

नेपाल शेर्पा संघ जिल्ला कार्यसमिति बाँकेको आयोजनामा गरिएको कार्यक्रममा बाँकेमा रहेका शेर्पा समुदायले खादा ओढाएर डिजे तेन्जिङलाई सम्मान गरेका थिए । संघ बाँकेका अध्यक्ष लाक्पा शेर्पाको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा शेर्पा धर्मगुरु निमा शेर्पा लामा, वरीष्ठ सल्लाहकार नुरी शेर्पा, संघका निर्वतमान अध्यक्ष पेम्बाछिरी शेर्पा, सहकोषाध्यक्ष ङतेम्बा शेर्पा लगायतले शुभकामना दिएका थिए । सो क्रममा उनीहरुले डिजे तेन्जिङको यो किर्तीमानी समग्र शेर्पा समुदायको मात्र नभएर सिङ्गो राष्ट्रको गौरवको विषय भएको बताउँदै हाम्रा सन्ततीहरुलाई यस्तै किर्तीमानी र गौरवमय कार्यतर्फ प्रेररीत गर्नुपर्ने बताएका थिए ।

सोलुखुम्बु जिल्लाको दुधकुण्डा नगरपालिका वडा नम्बर–१० लुङसा निवासी ५१ वर्षिय डिजे तेन्जिङ पछिल्लो समय काठमाडौं बस्दै आएकाछन् ।

प्रकाशित मिति : ३२ जेष्ठ २०८१, शुक्रबार  ४ : ५४ बजे

एमालेका केही नेताद्वारा ‘राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ ’भन्ने मान्यतालाई खण्डित

काठमाडौँ । राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ र आफू मात्रै सक्रिय

अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी सवारी साधन प्रहरी नियन्त्रणमा

खजुरा । अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी

एमालेका रुपन्देही सचिव चित्रबहादुर कार्कीले छाडे एमाले, रास्वपामा प्रवेश

बुटवल । काठमाडौंमा विधान महाधिवेशनको निर्णय केन्द्रीय कमिटीबाट उल्ट्याउँदै ११

एमालेको निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वको निर्वाचनका लासग निर्वाचन कार्यतालिका

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर