२७ भदौ २०८३, शनिबार | September 12, 2026

प्रीमो एजुकेसनको ब्राण्ड एम्बेसडरमा नेपाली क्रिकेटका राष्ट्रिय खेलाडी देव खनाल नियुक्त



बुटवल । प्रीमो एजुकेसन एण्ड भिसा सर्भिसेजले ब्राण्ड एम्बेसडरमा नेपाली क्रिकेटका राष्ट्रिय खेलाडी बुटवल उपमहानगरपालिका वडा नम्बर ३ का देव खनाललाई नियुक्त गरेको छ ।

२०८१ जेठ ८ गते प्रीमोले देव खनाललाई ५ वर्ष लामो समयका लागि ब्रान्ड एम्बेसडरको रुपमा अन्डर १९ नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान एवं राष्ट्रिय खेलाडी खनाललाई नियुक्त गरिएको पत्रकार सम्मेलन गरि जनाईएको हो ।

पत्रकार सम्मेलनमा बुटवल निर्देशक सागर केसीले नेपाली क्रिकेट खेलमा सानो भएपनि योगदान गरौ भन्ने उदेश्यले ब्राण्ड एम्बेसडरमा खनाललाई नियुक्त गरिएको बताए । उनले उदाउँदो खेलाडीको रुपमा खनाललाई देखेकोले खनाललाई ब्राण्ड एम्बेसडरको रुपमा नियुक्त गरिएको जानकारी दिए ।

पोखरा निर्देशक रमेश कुमार थापाले खेल खेलेर जीवन धान्न सकिन्छ भन्ने देखाउन सहयोग गरेको बताए । उनले यसबापत एकमुष्ट एवं खेल अनुसार समेत रकम दिदै आएको बताए ।

पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रिय खेलाडी देव खनालले क्यानकै प्रोटोकल भित्र रहेर प्रीमोको ब्रान्ड एम्बेसडर बनेको बताए । उनले देश तथा बिदेशमा प्रचार प्रसार गर्ने तथा ब्यवसायीक हितमा रहेर काम गर्ने बताएका छन ।

नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष बिश्वास ढकालले खेलाडिको प्रोत्साहन गर्नुले दीर्घकालीन रुपमा फाईदा पुग्ने बताए । प्रीमोले युरोपका विभिन्न देशहरु अष्ट्रेलिया, क्यानेडा, युके तथा युएई र दक्षिण कोरियामा विद्यार्थी पठाउनुका साथै पिटिई र आयल्स कक्षा सञ्चालन गर्दै आएको छ ।

प्रीमोको प्रधान कार्यालय अष्ट्रेलियाको सिडिनीमा रहेको छ भने शाखा कार्यालय बुटवल, पोखरा र काठमाडौमा रहेका छन । प्रीमो एजुकेसनकोको ल्याङवेज पार्टनरको रुपमा ल्याङवेज एकेडेमी रहेको छ । ल्याङेवेज एकेडेमीले प्रीमोको शाखाहरु मार्फत भाषा प्रशिक्षण समेत गर्दै आएको छ । प्रीमोले ५० भन्दा धेरैलाई प्रत्यक्ष रोजगारी दिएको छ ।

प्रकाशित मिति : ३२ जेष्ठ २०८१, शुक्रबार  ६ : ०० बजे

मेरो खजुरा

त्यो बिहानले सूर्यको कलिलो किरण मात्रै ल्याएको थिएन भयावह त्रासदी

युएईलाई हराउँदै नेपाल एसिया कपमा छनोट

काठमाडौँ । तेस्रो संस्करणको एसिसी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि

सिक्टा सिँचाइ : पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

बाँके । बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना आगामी

नेपाल कुनै पनि बाह्य शक्तिको भूराजनीतिक खेलमैदान बन्नु हुँदैन : झलनाथ खनाल

काठमाडौं। पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल कुनै पनि बाह्य शक्ति राष्ट्रको

नेपाल-चीन सहकार्यको केन्द्रमा जलवायु र पर्यावरण

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–चीन सम्बन्धलाई परम्परागत सीमा व्यवस्थापनको