१७ असार २०८३, बुधबार | July 1, 2026

देवीनगरमा जीवनयोग प्रयोगशाला सुरु



बुटवल । बुटवल-११ देवीनगरमा देवसिद्ध जीवनयोग प्रयोगशाला सुरू भएको छ । योग र ध्यानमार्फत मानिसको जीवनमा सुख, शान्ति र समृद्धि ल्याउने उद्देश्य सहित प्रयोगशाला सुरू गरिएको हो ।

जीवनयोग प्रयोगशालाको शनिबार बुटवल उपमहानगरपालिका वडा नम्बर-११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्रीले उद्घाटन गरे । सो अवसरमा बोल्दै अध्यक्ष क्षेत्रीले क्षेत्रीले ध्यान र योगका विशिष्ट प्रयोगहरुले मानव शरीर स्वस्थ, सक्रिय र ऊर्जावान बनाउने भन्दै सबैले लाभ लिनुपर्ने बताए । पछिल्लो समय जीवनयोगप्रति मानिसहरूको रूचि बढदो गएको अध्यक्ष क्षेत्रीको भनाइ छ ।

कार्यक्रमका प्रशिक्षण दिँदै जीवन विज्ञान लुम्बिनी प्रदेश संयोजक तथा योग प्रशिक्षक केशव खनालले नियमित रूपमा योग र ध्यानका कार्यक्रम गर्दै जाँदा मानिसमा उर्जा आउने बताए । जीवनयोग कार्यक्रमले मानिसको बोली र व्यवहारमा एकरूपता, संकल्प र निर्णय शक्तिको विकास एवं लक्ष्यमा स्पष्टता ल्याउने बताए ।

साथै यसले विवेकको जागरण, परमशान्ति र आनन्दको अभ्युदय हुने खनालले जानकारी दिए । कार्यक्रममा झण्डै ३०० जना हभागी भएर लाभ लिएका कार्यक्रमका सहयोगी लोकराज शर्माले जानकारी दिए । कार्यक्रममा आशा श्रेष्ठ, शोभा घिमिरे, अनिता भुर्तेलले पनि प्रशिक्षण दिएका थिए ।

पश्चिम सिद्ध नगर टोल विकास संस्थाका अध्यक्ष तथा कार्यक्रम संयोजक माया बेल्वासेको अध्यक्षतामा भएको कार्यक्रममा वडा सचिव रामप्रसाद खनाल, देवसिद्ध समाज सुधारका अध्यक्ष पूर्णानन्द गिरी, देवसिद्ध खानेपानीका अध्यक्ष भरत पाठक, भवानी टोल विकास संस्थाका अध्यक्ष चित्रबहादुर केसी लगायतले सहभागीता रहेको थियो ।

प्रकाशित मिति : १ असार २०८१, शनिबार  ३ : ५३ बजे

श्रीमानले जङ्गली जनावरका लागि राखेको विद्युतीय पासोमा श्रीमती परेपछि…

गुल्मी । यहाँको धुर्कोट गाउँपालिका–५ मन्टारीमा जङ्गली जनावर धपाउनका लागि

साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले आगामी साउन महिनाभित्र

राष्ट्र बैंकको ४५ अर्बको ऋणपत्रमा आज बोलकबोल

काठमाडौं । नेपाल राष्ट्र बैंकले रु ४५ अर्ब बराबरको एकवर्षे

पासपोर्ट खरिद प्रकरणमा जर्मनीको प्रष्टिकरण : नेपाललाई कुनै चेतावनी नदिएको दाबी

काठमाडौं । नेपाली राहदानी (पासपोर्ट) खरिद प्रक्रियासँग सम्बन्धित विषयमा हालै

फिफा विश्वकप : घरेलु मैदानमा इक्वेडरलाई हराउँदै मेक्सिको अन्तिम १६ मा प्रवेश

काठमाडौं । इक्वेडरलाई पराजित गर्दै मेक्सिको फिफा विश्वकप फुटबल २०२६