२० मंसिर २०८२, शनिबार | December 6, 2025

लुम्बिनीमा आगामी आर्थिक वर्षका लागि ३८ अर्ब ९७ करोडको बजेट सार्वजनिक (पूर्णपाठसहित)



बुटवल । आगामी आर्थिक वर्ष २०८१/८२ का लागि लुम्बिनी प्रदेश सरकारले ३८ अर्ब ९७ करोडको बजेट ल्याएको छ ।

प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री चेतनारायण आचार्यले प्रदेशसभा बैठकमा आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरेका हुन् । यो बजेट चालु आर्थिक वर्षको बजेट भन्दा १ अर्ब ५० करोड ९७ लाखले कमी छ । प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि ४० अर्ब ४७ करोड ९७ लाख रुपैयाँको बजेट ल्याएको थियो ।

बजेटमा चालुतर्फ ११ अर्ब २४ करोड २७ लाख ८४ हजार रुपैयाँ विनियोजन गरिएको छ भने पुँजिगत तर्फ २४ अर्ब ५८ करोड ५९ लाख विनियोजन गरिएको छ।

मन्त्री आचार्यले प्रदेश संचित कोषबाट विनियोजन हुनेगरी ३८ अर्ब ९५ करोड ९५ लाख ३६ हजार र प्रदेश संचित कोषतर्फ व्ययभार हुनेगरी १ करोड ४ लाख रुपैयाँको बजेट व्यवस्था गरिएको बताए ।

मन्त्री आचार्यले आगामी वर्षका लागि प्रदेशका सबै घरमा खानेपानीका धारा पुर्याउन एक घर एक धारा कार्यक्रमका लागि १ अर्ब ३० करोड बजेट विनियोजन गरेको बताए ।

प्रकाशित मिति : १ असार २०८१, शनिबार  ६ : १९ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय