२९ मंसिर २०८२, सोमबार | December 15, 2025

एकाबिहानै पाल्पामा स्कारपियो दुर्घटना, ९ जना घाइते



बुटवल । पाल्पा निस्दी ४ इयांलिङ कच्चि सडक खण्डमा स्करपियो दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । आज बिहान ४ः२० बजेको समयमा भिरपानीबाट रामपुर तर्फ फर्कँदै गरेको बा १५ च ५९४ नम्बरको स्कर्पियो दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि पाल्पा रामपुर ९ की २८ वर्षिया रचना राना, रामपुर ७ की २० वर्षिया सबिना राना, सोही स्थानका चालक ३० वर्षिय मोहन अर्याल, रामपुर ५ का ३४ वर्षिय शंकर श्रेष्ठ र रामपुर ४ की १९ वर्षिया श्रृया रुवाल रहेका छन् । उनीहरुको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

त्यसैगरि घाइते हुनेमा रामपुर ५ की २१ वर्षिया डोल्मा खण्डाल, २० वर्षिया अनिषा सिंह ठकुरी, २३ वर्षिया ममता श्रेष्ठ र १९ वर्षिया दिपा हिस्की मगर रहेका छन् । उनीहरुको अवस्था सामान्य रहेको छ ।

होराईजन डेण्टल अस्पताल रामपुर पाल्पाबाट भिरपानीमा डेण्टल सम्बन्धी शिविरमा गई फर्कने क्रममा स्करपियो आफै अनियन्त्रत भई सडकको बाँया साईडको भित्तामा ठक्कर खाएको पाल्पा प्रहरी प्रवक्ता प्रहरी नायव उपरक्षिक सुगन्ध श्रेष्ठले जानकारी दिए ।

घाइतेहरुको तत्काल उपचारको लागी रामपुर अस्पताल पाल्पा पठाईएकोमा थप उपचारको लागि लुम्बिनी मेडिकल कलेज प्रभास रिफर भएको श्रेष्ठले बताए । घटना सम्बन्धी थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : २ असार २०८१, आइतबार  ९ : ४५ बजे

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष

एमालेमा मन र मत मिलाउने प्रयास

काठमाडौं । “अध्यक्ष कमरेड, पार्टीभित्र एकताका लागि सङ्ख्या होइन, मन

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार