२७ भदौ २०८३, शनिबार | September 12, 2026

एकाबिहानै पाल्पामा स्कारपियो दुर्घटना, ९ जना घाइते



बुटवल । पाल्पा निस्दी ४ इयांलिङ कच्चि सडक खण्डमा स्करपियो दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । आज बिहान ४ः२० बजेको समयमा भिरपानीबाट रामपुर तर्फ फर्कँदै गरेको बा १५ च ५९४ नम्बरको स्कर्पियो दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि पाल्पा रामपुर ९ की २८ वर्षिया रचना राना, रामपुर ७ की २० वर्षिया सबिना राना, सोही स्थानका चालक ३० वर्षिय मोहन अर्याल, रामपुर ५ का ३४ वर्षिय शंकर श्रेष्ठ र रामपुर ४ की १९ वर्षिया श्रृया रुवाल रहेका छन् । उनीहरुको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

त्यसैगरि घाइते हुनेमा रामपुर ५ की २१ वर्षिया डोल्मा खण्डाल, २० वर्षिया अनिषा सिंह ठकुरी, २३ वर्षिया ममता श्रेष्ठ र १९ वर्षिया दिपा हिस्की मगर रहेका छन् । उनीहरुको अवस्था सामान्य रहेको छ ।

होराईजन डेण्टल अस्पताल रामपुर पाल्पाबाट भिरपानीमा डेण्टल सम्बन्धी शिविरमा गई फर्कने क्रममा स्करपियो आफै अनियन्त्रत भई सडकको बाँया साईडको भित्तामा ठक्कर खाएको पाल्पा प्रहरी प्रवक्ता प्रहरी नायव उपरक्षिक सुगन्ध श्रेष्ठले जानकारी दिए ।

घाइतेहरुको तत्काल उपचारको लागी रामपुर अस्पताल पाल्पा पठाईएकोमा थप उपचारको लागि लुम्बिनी मेडिकल कलेज प्रभास रिफर भएको श्रेष्ठले बताए । घटना सम्बन्धी थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : २ असार २०८१, आइतबार  ९ : ४५ बजे

मेरो खजुरा

त्यो बिहानले सूर्यको कलिलो किरण मात्रै ल्याएको थिएन भयावह त्रासदी

युएईलाई हराउँदै नेपाल एसिया कपमा छनोट

काठमाडौँ । तेस्रो संस्करणको एसिसी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि

सिक्टा सिँचाइ : पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

बाँके । बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना आगामी

नेपाल कुनै पनि बाह्य शक्तिको भूराजनीतिक खेलमैदान बन्नु हुँदैन : झलनाथ खनाल

काठमाडौं। पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल कुनै पनि बाह्य शक्ति राष्ट्रको

नेपाल-चीन सहकार्यको केन्द्रमा जलवायु र पर्यावरण

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–चीन सम्बन्धलाई परम्परागत सीमा व्यवस्थापनको