२ श्रावण २०८३, शनिबार | July 18, 2026

लोमान्थानमा पश्मिना ‘डिडस्टिङ प्लान्ट’ स्थापना



काठमाडौं । स्थानीय किसानबाट गुणस्तरको च्याङ्ग्रा भूवा सङ्कलन गरी समग्र पश्मिनाको गुणस्तर बढाउने उद्देश्यले मुस्ताङको लोमान्थाङमा च्याङ्ग्रा फाइवारबाट आधुनिक तरिकाले धुलो झार्ने प्लान्ट (डिडस्टिङ प्लान्ट) स्थापना भएको छ । नेपालका लागि बेलायती राजदूत रब फेन, लोमान्थाङ गाउँपालिका प्रमुख टासी नुर्बु गुरूङ र उपप्रमुख छुमी विष्टले संयुक्तरूपमा उक्त प्लान्टको आज शुभारम्भ गरे ।

उद्घाटनका क्रममा राजदूत फेनले नेपाली च्याङग्रा पश्मिनालाई फार्मदेखि फेसनसम्मको मूल्य शृङ्खलामा ब्रान्डिङ गर्नका लागि यस प्लान्टको स्थापनाले महत्वपूर्ण सहयोग पुग्ने बताए । राजदूत फेनले महत्वपूर्ण गुणस्तर रहेको र पश्मिना क्षेत्रलाई बेलायतको बजारमा प्रवद्र्धनको लागि आफूले पहल गर्ने जनाए । साथै, राजदूत फेनले लोमान्थाङमा चयाङग्रा भूवा सङ्कलन गर्ने कार्यको पनि सुरूआत तथा अवलोकन गरे ।

लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टासी नोर्बु गुरुङले स्थानीयवासी विशेषगरी युवा तथा महिलाको रोजगारीका अवसर सिर्जना गर्न र आय आर्जनमा वृद्धि गर्न च्याङग्रा र फाइवरको उत्पादन र फाइबरलाई प्रवद्र्धन गर्न स्थानीय सरकार प्रतिबद्ध रहेको बताए । नेपाल पश्मिना उद्योग संघका अध्यक्ष धनप्रसाद लामिछानेले पश्मिना व्यवसायीले स्थानीय च्याङ्ग्रा किसानलाई पश्मिना मूल्य श्रृंखलामा समाहित गर्दै राम्रो मूल्य र बजार उपलब्ध गराउन पश्मिना उद्यमीले प्रयास गरिरहेको उल्लेख गर्दै यस क्षेत्रको प्रवद्र्धनका लागि सरकार र विकास साझेदार संस्थाको सहयोगको अपेक्षा गरे ।

नेपाल पश्मिना उद्योग सङ्घले युनाइटेड किंगडम ट्रेड पार्टनरसिप प्रोग्राम नेपाल तथा अन्तर्राष्ट्रिय व्यापार केन्द्रको प्राविधिक सहयोगमा स्थापना गरेको यो प्लान्टले नेपालको पश्मिना उत्पादन र निकासीका लागि उच्च गुणस्तरको च्याङग्रा फाइबरको आपूर्तिलाई सुदृढ गर्न महत्वपूर्ण भूमिका खेल्नेछ ।

च्याङ्ग्रा पालनको लागि अग्रणी मुस्ताङ जिल्लाका स्थानीय कृषकहरुबाट सङ्कलन गरिएको फाइबरको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले तयार निर्माण गरिएको उक्त प्लान्टको लोमान्थाङमा स्थापना भएको हो । विशेष गुणस्तरको लागि विश्वमा प्रसिद्धी कमाएको नेपाली पश्मिनाको माग अन्तर्राष्ट्रिय बजारमा अत्यधिक छ ।

च्याङ्ग्रा पश्मिनालाई सरकारले नेपालको उच्च सम्भावित निर्यातजन्य वस्तुको रूपमा लिएको छ । गत वर्ष, नेपाल सरकारले नेपाल पश्मिना क्षेत्र निर्यात राष्ट्रिय रणनीति २०२२–२०२६ ल्याएको थियो । रणनीतिमा सन् २०२६ सम्ममा पश्मिना निर्यात ७५ मिलियन अमेरिकी डलरमा पु¥याउने लक्ष्य राखिएको छ ।

प्रकाशित मिति : २ असार २०८१, आइतबार  १२ : ०३ बजे

रोटरी क्लब अफ रुपन्देहीको पदस्थापन समारोह सम्पन्न

बुटवल । रोटरी क्लब अफ रुपन्देहीको रोटरी वर्ष २०२६/२७ का

मनसुनमा घुम्ने रहर

गण्डकी । वर्षायामलाई पर्यटनमा बेमौसम ९अफसिजन० मानिन्छ । सामान्यतया यो

प्रचण्डले सम्झिए लोकतन्त्र र नागरिक अधिकारका लागि स्वर्गीय देवेन्द्रराज पाण्डेको योगदान

काठमाडौं। नागरिक आन्दोलनका अगुवा तथा पूर्वमन्त्री डा. देवेन्द्रराज पाण्डेको निधनप्रति

मधेस प्रदेश सरकारद्वारा करिब ३३ अर्ब राजस्व सङ्कलन

जनकपुरधाम । मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२र८३ मा लक्ष्यको

फरार अभियुक्त १८ वर्षपछि पक्राउ

जनकपुरधाम । दाइजोको विषयलाई लिएर करिब १८ वर्षअघि महिलालाई धारिलो