१७ असार २०८३, बुधबार | July 1, 2026

सङ्खुवासभाको सभापोखरीलाई ग्रामीण पर्यटन क्षेत्रका रुपमा विकास गरिने



काठमाडौं । धार्मिक एवं पर्यटकीय सम्भावना बोकेको सङ्खुवासभाको सभापोखरी क्षेत्रलाई ग्रामीण पर्यटन क्षेत्रका रुपमा विकास गरिने भएको छ ।

तीन दशकदेखि नेपालका ग्रामीण क्षेत्रको पर्यटन प्रवर्द्धनका क्षेत्रमा क्रियाशील गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) नेपालले पवित्र धार्मिकस्थल सभापोखरीलाई ग्रामीण पर्यटनका रुपमा विकास गर्न लागेको हो ।

उक्त क्षेत्रको पर्यटन विकासका लागि भिटोफ नेपाल नेतृत्वको टोली गत जेठ ३१ देखि आजसम्म त्यहाँका पर्यटकीय सम्भाव्यता बारेमा अध्ययन गरेको भिटोफ नेपालका अध्यक्ष शकुन्तला देवकोटाले बताए । उक्त टोलीमा अध्यक्ष देवकोटासहित पर्यटक विज्ञ डा आलोक प्रसाईं, मेधावी परामर्शदाता कम्पनीका प्रबन्ध निर्देशक उत्तम देवकोटालगायत सभापोखरी पुगेका थिए ।

भिटोफका अध्यक्ष देवकोटाले प्रत्येक वर्ष नेपालका ग्रामीण क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि भिटोफ नेपालले ‘गन्तव्य गाउँ घोषणा’ गर्दै आएका जनाउँदै यस वर्ष सङ्खुवासभाको सभापोखरीलाई गन्तव्य गाउँ घोषणा गर्न अध्ययन गरिएको बताए ।

भिटोफले यसअघि नवलपरासीको अमलटारी, मकवानपुरको चित्लाङ, बाग्लुङको शिवधुरी, कास्कीको कालावाङ, रामेछापको शैलुङ, काभ्रेपलाञ्चोकको बेथानचोक, धादिङको रुविभ्यालीलगायत गाउँमा पर्यटन प्रवर्द्धन गरिसकेको छ ।

भिटोफले देशका ग्रामीण क्षेत्रमा भएका पर्यटकीय गाउँको भौगोलिक अवस्था, गाउँको अग्र्यानिक खाना, त्यहाँको धार्मिक अवस्था, संस्कृति आदानप्रदानलगायत काम गरिरहेको अध्यक्ष देवकोटाको भनाइ छ ।

सुरुमा पर्यटक गाउँको स्थलगत अध्ययन गरी सम्भावित ठाउँमा पर्यटन प्रवर्द्धन गर्दै आएको भिटोफले जनाएको छ । भिटोफले प्रत्येक वर्षको सेप्टेम्बर २७ मा ‘गन्तव्य गाउँ घोषणा’ गरी आन्तरिक तथा बाह्य पर्यटक प्रवर्द्धन गरिरहेको छ । रासस

प्रकाशित मिति : २ असार २०८१, आइतबार  ४ : ११ बजे

वैदेशिक रोजगारीमा लाखौँ ठगीको अभियोगमा पाँच जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी

यातायात व्यवसायीले नै गरे भाडा समायोजन गर्न माग

काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले गए रातिदेखि पेट्रोलियम

श्रीमानले जङ्गली जनावरका लागि राखेको विद्युतीय पासोमा श्रीमती परेपछि…

गुल्मी । यहाँको धुर्कोट गाउँपालिका–५ मन्टारीमा जङ्गली जनावर धपाउनका लागि

साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले आगामी साउन महिनाभित्र