९ श्रावण २०८३, शनिबार | July 25, 2026

सङ्घीयताका कारण अनावश्यक आर्थिक बोझ बढ्यो : चित्रबहादुर केसी



काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सङ्घीयताले अनावश्यक अनुत्पादक आर्थिक बोझ बढाउँदै लगेको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत विभिन्न मन्त्रालयअन्तर्गतको विनियोजन शीर्षकमाथिको छलफलमा उहाँले दातृराष्ट्र र अन्य निकायबाट ऋण लिएर कतिदिन सङ्घीयताको भारी बोक्ने भनेर प्रश्न गरे ।

“मुलुकको आम्दानीको करिब ९० प्रतिशत रकम साधारण खर्चमा विनियोजन गर्नुपर्ने अवस्था छ । साधारण खर्चको बोझ सङ्घीयता नै हो । ऋण लिएर सङ्घीयता धान्ने कुरा सही होइन”, अध्यक्ष केसीले भने ।

आर्थिक वर्ष २०८१/८२ को बजेटमा स्थानीय तह र प्रदेशका लागि झण्डै रु पाँच खर्ब ५० अर्ब विनियोजन भएको उल्लेख गर्दै अध्यक्ष केसीले प्रदेश सञ्चालन गर्न केन्द्रले नै बजेटको व्यवस्था गर्नुपर्ने अवस्थाका कारण मुलुकको आर्थिक अवस्था कमजोर भएको बताए ।

“प्रदेशको आन्तरिक आम्दानीको स्रोत अत्यन्त कम छ । कुनै प्रदेशको वार्षिक आम्दानी रु १५ करोड पनि देखिन्न । यस्तो अवस्थामा प्रत्येक वर्ष प्रदेशलाई बजेट विनियोजन गरेर कुनै उपलब्धि हुँदैन”, उनले भने ।

प्रकाशित मिति : २ असार २०८१, आइतबार  ४ : ४० बजे

काठमाडौंको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला

काठमाडौं । तारकेश्वर नगरपालिका–१ चुनदेवीमा कारभित्र जलेको अवस्थामा एक महिलाको

एमाले र नेकपाबीच ३ बुँदे सहमति : कोशी, बागमती र लुम्बिनी एमालेलाई, कर्णाली र सुदुरपश्चिम नेकपालाई

काठमाडौं । राजनीतिक स्थिरता, सुशासन, समृद्धि र प्रादेशिक विकासको गतिलाई

कर्णालीका मुख्यमन्त्री कँडेलले दिए पदवाट राजीनामा

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आफ्नो पदवाट राजीनामा

कालीगण्डकी तटमा एक सय आठ तुलसी रोपण

बागलुङ । धार्मिक महत्व बोकेको कालीगण्डकी नदी तटको निरयघाटमा हरिशयनी

समाजसेवी तथा कम्युनिष्ट नेता मिलन सापकोटाको सालिक अनावरण

खजुरा । बाँकेको खजुरामा रहेर लामो समय समाजसेवा सहित राजनीतिक