४ पुस २०८२, शुक्रबार | December 19, 2025

काठमाडौंको कपनबाट ६ किलो सुन सहित चिनियाँ नागरिक पक्राउ



काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले राजधानीबाट करिब ६ किलो सुनसहित एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

सीआईबीले आइतबार राति काठमाडौंको कपनबाट ६ किलो सुन र ४८ लाख रुपैयाँसहित एक चिनियाँ नागरिकलाई पक्राउ गरेको हो ।

कपनबाट राति बरामद भएको सुन १ किलो परिमाणको ६ थान र ४८ लाख रहेको सीआईबी प्रमुख एआईजी श्याम ज्ञवालीले बताए । पक्राउ परेका चिनियाँ नागरिक पहिले देखिने खोजिमा रहेको उनले बताए । अनुसन्धान जारि रहेको भन्दै पक्राउ परेका चिनियाँ नागरिकको नाम भने उनले बताएनन्  । उक्त सुन स्थलमार्गबाट तस्करी भएर आएको हुनसक्ने सीआईबीको प्रारम्भीक अनुमान रहेको छ ।

भेपमार्फत तस्करी भएको ९ किलो सुन र राजश्व अनुसन्धान विभागले बरामद गरेको ६० किलो सुन सहितको अनुसन्धान गरिरहेको सीआईबीले अहिलेसम्म २० जनालाई पक्राउ गरिसकेको छ ।

तस्करीको सुनको कारोबार सजिलो नेपाल र पेवल मोबाइल भुक्तानीमार्फत भएको आरोपमा ७ जना पक्राउ परेका छन् भने सुन तस्करीकै संलग्न भएको आरोपमा १३ जना पक्राउ परेका छन् ।

प्रकाशित मिति : ३ असार २०८१, सोमबार  ११ : २४ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको