१२ माघ २०८२, सोमबार | January 26, 2026

भिजिट भिसाका नाममा घरेलु कामदारमा जान खोज्नेलाई फर्काइँदै



काठमाडौं । पछिल्लो समय भिजिट भिसामार्फत वैदेशिक रोजगारीका लागि विभिन्न देशमा जाने क्रम बढेपछि सरकारले कडाइ गरेको छ । विशेष गरी घरेलु कामदारका लागि खाडी मुलुकसहित प्रतिबन्धित देशमा जाने महिलाको सङ्ख्या बढेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमै कडाइ गरिएको हो ।

विमानस्थल अध्यागमन कार्यालयका प्रमुख सुरेश पन्थीले पछिल्लो एक हप्तामा भिजिट भिसामार्फत घरेलु कामदारका लागि विदेश जान लागेका पाँच सयभन्दा धेरै महिलासहितका पुरुषलाई विमानस्थलबाटै फर्काइएको जानकारी दिए ।

उनले भने, “भिजिट भिसा देखाएर श्रम (कामदार) का लागि जान खोज्नेलाई हामीले फिर्ता गर्ने गरेका छौँ, अहिलेसम्म त्यस्ता करिब पाँच सयभन्दा बढी फिर्ता गरिएको छ । आवश्यक कागजत बोकेर भिजिट भिसामा जान लागेकालाई भने रोकिएको छैन ।”

संयुक्त अरब इमिरेट्स, बहराइन, कुबेत, कतार, ओमन, साउदी अरबमा भिजिट भिसामा भ्रमण गर्दा स्वघोषणा गर्नुपर्ने कार्यविधिमा उल्लेख भएकाले उक्त मापदण्डलाई कतिपयले दुरुपयोग गर्न थालेपछि कडाइ गरिएको अध्यागमन कार्यालयका प्रमुख पन्थीले बताए ।

प्रकाशित मिति : ३ असार २०८१, सोमबार  ९ : ५६ बजे

झापामा ५५ जना नयाँ कुष्ठरोगी फेला

झापा । झापामा पछिल्लो ६ महिनाको अवधिमा ५५ जना नयाँ

देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २४ वटा विपद्का घटना

वीरगञ्जनाका हुँदै सामान आयात बढ्यो

वीरगञ्ज । वीरगञ्ज हुँदै चालु आर्थिक वर्ष (आव)को ६ महिनामा

मनाङमा प्रत्यक्षतर्फ तीन चिन्हमा मतदान हुने

मनाङ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा हिमाली

निर्वाचन आउन ३८ दिन बाँकी : संयुक्त निर्वाचन सञ्चालन केन्द्रले थाल्यो काम

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसा