२९ भदौ २०८३, सोमबार | September 14, 2026

दक्षिणी इटालीमा दुई जहाज डुब्दा ११ जनाको मृत्यु, ६० भन्दा बढी वेपत्ता



काठमाडौं । दक्षिणी इटालीको तटमा दुईवटा जहाज डुब्दा ११ जनाको मृत्यु भएको छ भने ६० भन्दा बढी वेपत्ता भएका छन् । जर्मन परोपकारी संस्था रेस्क्युशिपले सोमबार लाम्पेडुसा टापुमा डुबेर ५१ जनालाई बचाएको बताएको छ ।

चिकित्सा राहत उपलब्ध गराउने स्वतन्त्र अन्तर्राष्ट्रिय संस्था डक्टर्स विदाउट बोर्डर्स (एमएसएफ) ले अर्को यस्तै घटनामा ६० जनाभन्दा बढी बेपत्ता भएको जानकारी दिएको छ जसमध्ये २६ बालबालिका रहेको आशंका गरिएको छ ।

यो डुङ्गा लिबिया र टर्कीका आप्रवासीहरू लिएर गएको संयुक्त राष्ट्रसंघीय निकायहरूले बताएका छन् ।

लाम्पेडुसा नजिकै दुर्घटनामा परेका जहाजबाट उद्धार गरिएका मानिसहरूलाई इटालियन कोस्ट गार्डलाई हस्तान्तरण गरिएको छ र मृत्यु भएकाहरूलाई समुद्र तटमा पठाइएको छ ।

आप्रवासनका लागि अन्तर्राष्ट्रिय संस्था संयुक्त राष्ट्रसङ्घको मानवअधिकार सङ्गठन र संयुक्त राष्ट्रसङ्घीय बाल निकाय युनिसेफले एक संयुक्त विज्ञप्तिमा “लिबियाको तटबाट निस्किएको यो जहाजमा सिरिया, इजिप्ट, पाकिस्तान र बंगलादेशका मानिसहरू सवार थिए’ भनेका छन् ।

भूमध्यसागर संसारको सबैभन्दा खतरनाक मार्गहरू मध्ये एक मानिन्छ । संयुक्त राष्ट्रसङ्घको तथ्यांकअनुसार सन् २०१४ यता यस रुटमा २३ हजार ५०० व्यक्ति या त मरेका वा बेपत्ता भएका छन् ।

प्रकाशित मिति : ४ असार २०८१, मंगलबार  ४ : ०८ बजे

भोटेकोशी बाढीपीडितलाई रु सात लाख १५ हजार सहयोग

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौँ । नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

कृष्णभीरमा नयाँ ट्याक परीक्षण सफल

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध

छापा सञ्चारमाध्यम सिध्याउने दिशामा सरकार अघि बढेको छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान रास्वपा