२८ भदौ २०८३, आइतबार | September 13, 2026

‘आँखालाई माया गर्नुहोस्’ लोकार्पण



काठमाडौं । नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्क र तिलगङ्गा आँखा प्रतिष्ठानकी प्रमुख कार्यकारी अधिकृत डा. रिता गुरुङले ‘आँखालाई माया गर्नुहोस्’ नामक बालबालिका लक्ष्यित आँखा स्वास्थ्य प्रवर्र्धन गर्ने चेतनामूलक पुस्तक आज यहाँ आयोजित एक कार्यक्रममा संयुक्त रूपमा लोकार्पण गरेका छन् ।

अष्ट्रेलियाली दूतावासको सहयोगमा अष्ट्रेलियाली सामाजिक उद्यमी तथा रोटरियन सान्ड्रा फिडेल्डीको परिकल्पनामा नेपालका विज्ञ मिथिला कलाकारहरूको टोलीद्वारा तयार पुस्तक तिलगङ्गा आँखा प्रतिष्ठानको बाल आँखा उपचार विभागबाट उपलब्ध हुने यहाँस्थित अष्ट्रेलियाली राजदूतावासले जनाएको छ ।

त्यस अवसरमा राजदूत भोल्कले प्रस्तुत पुस्तिकाबाट अष्ट्रेलिया र नेपालबीचको जनस्तरको सम्बन्धलाई प्रवर्र्धन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिन् । सान्ड्रा फिडेल्डेलीले निःस्वार्थ रुपमा नेपाली बालबालिका कलाकार र स्वास्थ्यकर्मीमा पु¥याएको सहयोगको प्रशंसा गर्दै उनले दुई देशका जनताको सुमधुर सम्बन्धलाई अझ प्रगाढ बनाउन मद्दत मिलेको बताइन् ।

प्रतिष्ठानकी प्रमुख कार्यकारी अधिकृत गुरुङले पुस्तक प्रकाशनलगायत गतिविधिबाट नेपाल–अष्टे«लिया सम्बन्ध विस्तारमा योगदान गर्ने बताइन् ।

प्रकाशित मिति : ४ असार २०८१, मंगलबार  ५ : १३ बजे

बाढी-पहिरोले तीन प्रदेशका मुख्य राजमार्ग प्रभावित, कतै पूर्ण अवरुद्ध त कतै समयगत प्रतिबन्ध

काठमाडौं। बाढी र पहिरोका कारण कोशी, बागमती र गण्डकी प्रदेशका

सुदुरपश्चिमका मुख्यमन्त्री भट्टद्वारा अटवारी पर्वको शुभकामना

सुदूरपश्चिम । सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले थारू समुदायले परम्परागत रुपमा

वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक विस्तारको काम अन्तिम चरणमा पुगेको

प्रकाश दुतराजको लोकसङ्गीत साङ्गीतिक समूह

म्याग्दी । कलाकार प्रकाश दुतराजले जन्मथलो म्याग्दीबाट ‘ब्यान्ड’ (सामूहिक लोकसङ्गीत

सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै

सुदूरपश्चिम । “सुदूरपश्चिम जडिबुटीको भण्डार नै हो । प्रदेशमा करिब