९ आश्विन २०८३, शुक्रबार | September 25, 2026

परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता



काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाको उच्चस्तरीय सत्रका क्रममा आज अस्ट्रेलियाका विदेशमन्त्री पेनी वोङसँग साइडलाइनमा द्विपक्षीय भेटवार्ता गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भएको उक्त भेटवार्तामा उहाँहरुबीच नेपाल–अस्ट्रेलिया सम्बन्ध तथा आपसी हितका विविध विषयमा छलफल भएको मन्त्री खनालको सचिवालयले जनाएको छ । नेपालमा हालै आएको बाढीबाट भएको जनधनको क्षति तथा त्यसपछि भइरहेको उद्धार, राहत, पुनःस्थापना र पुनर्निर्माणका प्रयासबारे समेत छलफल भएको थियो ।

मन्त्री खनालले विपद्पछिको पुनःस्थापना तथा पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोगका लागि धन्यवाद दिए । भेटवार्तामा मन्त्री खनाल र मन्त्री वोङबीच नेपाल तथा अस्ट्रेलियाबीच विद्यमान मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउँदै द्विपक्षीय सहकार्यका क्षेत्र विस्तार गर्ने विषयमा छलफल भएको थियो ।

प्रकाशित मिति : ९ आश्विन २०८३, शुक्रबार  ९ : ३५ बजे

काठमाडौं जोड्ने राजमार्ग बन्द : यातायात आवागमन ठप्प

काठमाडौं । विभिन्न राजमार्ग बन्द हुँदा सार्वजनिक सवारीसाधन काठमाडौंमै रोकिएका

पाल्पाका दुई सडकखण्ड पहिरोका कारण अवरुद्ध

पाल्पा । लगातारको वर्षाका कारण पाल्पाका दुई छुट्टाछुट्टै सडकखण्डमा पहिरो

अविरल वर्षापछि धुलिखेल र नागढुंगामा सवारीसाधन ‘होल्ड’

काठमाडौं । अविरल वर्षाका कारण पहिरो र सडक कटानको जोखिम

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

नेपालगन्ज । कैलालीको लम्कीचुहा नगरपालिका–१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहादुर