८ चैत्र २०८२, आइतबार | March 22, 2026

बाँके जिल्ला ‘ए’ डिभिजन लिग फुटबल : न्यु डाँफे स्पोर्टस क्लबको जित



कोहलपुर । बाँकेमा जारी बाँके जिल्ला ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा न्यु डाँफे स्पोर्टस क्लबले जित हासिल गरेको छ । मंगलबार कोहलपुर स्थित १३ विगाहा फुटबल मैदानमा भएको खेलमा न्यु डाँफेले रोयल नेपालगन्ज फुटबल क्लबलाई १–० ले हराउँदै जित हासिल गरेको हो ।

न्यु डाँफेका लागि अभय थापाले २८औं मिनेटमा गरेको गोल निर्णायक बनेको थियो । खेलमा थापा प्लेयर अफ द म्याचबाट पुरस्कृत भए । यसैगरी ओशोनिक क्लब र जय किसान स्पोर्टस क्लबबिचको खेल गोल रहित बराबरीमा सकिएको छ । खेलमा जय किसानका मिलन बाठा मगर प्लेयर अफ द म्याचबाट पुरस्कृत भए ।

बाँके जिल्ला फुटबल संघको आयोजनामा भैरहेको प्रतियोगिता असारको १३ गते सम्म चल्ने छ । लिगकम नकआउटको आधारमा भैरहेको प्रतियोगितामा सहभागि क्लबलाई दुई समुहमा विभाजन गरिएको छ । प्रतियोगिताको समुह ‘ए’ मा कोहलपुर रेसिङ सहारा क्लब, धम्बोझी क्लब, नवदुर्गा युवा क्लब, कारकादो युवा स्पोर्टस् क्लब, मिलन युवा स्पोर्टस क्लब रहेका छन् ।

यसैगरी समुह ‘बी’मा न्यु डाँफे स्पोर्टस् क्लब, जय किसान स्पोर्टस् क्लब, रोयल नेपालगन्ज एफसी र ओसोनिक क्लब रहेका छन् ।

समुह ‘ए’ र समुह ‘बी’ को विजेता र उप–विजेता टिमले सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको विजेता टिमले बाँके जिल्लाको प्रतिनिधित्व गर्दै लुम्बिनी प्रदेश लिग फुटबलमा सहभागिता जनाउने अवसर पाउनेछ ।

बाँके जिल्ला ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत बुधबारको पहिलो खेलमा धम्बोझी क्लब र मिलन युवा स्पोर्ट्स क्लबबीच हुनेछ भने दोस्रो खेल कारकादो युवा स्पोर्टस क्लब र नवदुर्गा युवा क्लबबीच हुनेछ ।

 

प्रकाशित मिति : ४ असार २०८१, मंगलबार  १० : १५ बजे

चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो

काठमाडौँ । राष्ट्रिय किताबखानाले हालसम्म चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत

कांग्रेस सभापति थापाले पदबाट दिएको राजीनामा केन्द्रीय समितिबाट अस्वीकृत

काठमाडौं । गगन थापाले पदबाट दिएको राजीनामा नेपाली कांग्रेसको केन्द्रीय

ठमेलभित्रका सम्पदालाई समेटिएको पुस्तक ‘ठमेलका सम्पदाहरु’ विमोचन

काठमाडौँ । सङ्घीय राजधानी काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रका

सिंहदरबार सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा बैठक

काठमाडौं । सिंहदरबार सुरक्षा प्रवन्धका लागि गृहमन्त्री ओमप्रकाश अर्यालको अध्ययक्षता

देशभरिका निजी अस्पतालको सर्वेक्षण गरिँदै

काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को