२६ भदौ २०८३, शुक्रबार | September 11, 2026

टी-२० विश्वकपको सुपर आठमा आज अमेरिका र दक्षिण अफ्रिका भिड्दै



काठमाडौं । जारी टी-२० विश्वकप अन्तर्गत आजदेखि सुपर आठका खेल शुरु हुदै छन् । सुपर आठको पहिलो खेलमा आज दक्षिण अफ्रिका र अमेरिका खेल्दै छन् ।

एन्टीगास्थित सर भिभीयन रिचार्ड्स स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राती ८: १५ बजेदेखि शुरु हुने छ ।

यस विश्वकपको समुह चरणमा दक्षिण अफ्रिकाले समुह डी का चारै खेलमा जित हासिल गरेर ८ अंक सहित शिर्ष स्थानमा रहेर सुपर आठमा पुगेको छ । दक्षिण अफ्रिका समुह चरणमा भाग्यको साथमा निकै प्रतिष्पर्धात्मक खेलमा जित हासिल गर्दै अगाडी बढेको छ । नेपालसँग एक रनको तथा बंगलादेशसँग ४ रनको जित हासिल गरेको दक्षिण अफ्रीकालाई यस विश्वकपमा भाग्यको साथ रहेको छ ।

त्यस्तै अमेरिका भने यस विश्वकपको ‘सरप्राइज’ टिम बनेर अगाडी आएको छ । अमेरिकाले समुह चरणमा पाकिस्तानलाई पराजित गरेर अगाडी बढेको छ । त्यस्तै अमेरिकाले भारतसँगको खेल हारे पनि ल्याण्डलाई पराजित गरेको थियो भने आयरल्याण्डविरुद्धको खेल बर्षाले रद्ध भएको थियो ।

टी-२० अन्तर्राष्ट्रिय खेलमा दक्षिण अफ्रिका र अमेरिका अहिलेसम्म खेलेका छैन । पहिलो पटकखेलिरहेका दुवैका लागि सेमिफाइनलको यात्राका लागि यो खेल महत्वपूर्ण रहेको छ ।

सुपर आठको समुह २ मा रहेका दुवै देशले वेस्ट इन्डिज र इङल्याण्डसँग एक एक खेल खेल्ने छन् ।

प्रकाशित मिति : ५ असार २०८१, बुधबार  ६ : ५३ बजे

रावल आयोगले औँल्याएको अतिक्रमित जग्गा सरकारका नाममा कायम गर्ने निर्णय

काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने

काठमाडौं । अध्यागमन विभागले अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै

वर्षमानको चेतावनी – ‘डर, त्रास र धम्कीबाट लामो समय शासनमा टिक्छु भन्ने भ्रम नपाल्नुस्’

काठमाडौं । नेकपा सांसद तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले वर्तमान सरकारलाई

परराष्ट्रमन्त्री खनालसँग अमेरिकी कार्यवाहक राजदूत बोल्डिनको भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि अमेरिकी दूतावासकी नवनियुक्त

आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू गरिनेछ : मन्त्री पोखरेल

जनकपुरधाम । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आगामी शैक्षिक सत्रदेखि