२१ चैत्र २०८२, शनिबार | April 4, 2026

अन्तर्राष्ट्रिय योग दिवसको पूर्वसन्ध्यामा खजुरामा अन्तर्राष्ट्रिय प्रोटोकलको योगाभ्यास



खजुरा । अन्तरास्ट्रिय योग दिवस आउन २ दिन बाँकी छँदा बाँकेको खजुरामा अन्तर्राष्ट्रिय प्रोटोकलको योगाभ्यास गरिएको छ । आज प्रातः ५ बजेबाट प्रारम्भ भएको कार्यक्रममा पतञ्जली योग समितिका लुम्बिनी प्रदेश प्रभारी धर्मराज पोख्रेल र जिल्ला उपाध्यक्ष योग गुरु बोधराज प्याकुरेलले अन्तर्राष्ट्रिय प्रोटोकल अनुसारको योगाभ्यास गराएका थिए ।

ज्ञानयोग निरोग साधना केन्द्र खजुराको आयोजना र पतञ्जली योग समिति खजुराको सहकार्यमा भएको उक्त कार्यक्रम एक घण्टाको योगाभ्यास लगत्तै ओपचारिक कार्यक्रम गरिएको थियो । औपचारिक कार्यक्रममा बोल्दै खजुरा गाउँपालिकाकी उप प्रमुख मन्जु मल्लले स्वस्थ्य जीवनका लागि योग अपरिहार्य भएको बताइन् । उनले् नागरिकको आरोग्यताका लागि पालिका सहकार्य गर्न सधैं तत्पर रहने प्रतिबद्धता ब्यक्त गरिन् ।

लुम्बिनी प्रदेश प्रभारी पोख्रेलले योगको महत्त्वका बिषयमा चर्चा गरेका थिए भने योग समिति बाँकेका उपाध्यक्ष प्याकुरेलले योग दिवसको सान्दर्भिकताका बिषयमा धारणा राखेका थिए ।

निरोग साधना केन्द्र खजुराकी अध्यक्ष कल्पना पौडेलले महिला सशक्तीकरणको लागि योग विषययक प्रवचन दिएकी थिइन् ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बागेश्वरी उपशाखा सभापति जिवनाथ सापकोटा , ज्ञानोदय नमुना माविका प्रअ एवं केन्द्रका सल्लाहकार ऋषिराम सापकोटा, आदर्श माविका प्रअ राजेन्द्र सापकोटालगायतको उपस्थिती रहेको थियो ।

हरेक वर्षको २१ जुन लाई अन्तर्राष्ट्रिय योग दिवसकारुपमा मनाईँदै आएको छ । यस वर्षको अन्तर्राष्ट्रिय योग दिवस सप्ताहव्यापी कार्यक्रम गरि मनाउने क्रममा खजुरामा विशेष कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ ।

 

प्रकाशित मिति : ५ असार २०८१, बुधबार  ४ : २६ बजे

यातायात व्यवस्था कार्यालय नेपालगन्जबाट ९ जना बिचौलिया प्रहरी नियन्त्रणमा

नेपालगन्ज । यातायात व्यवस्था कार्यालय, नेपालगन्जबाट सेवाग्राहीबाट पैसालिएर मध्यस्तता गरिदिने

एमाले सचिवालय बैठक : ‘बादल’को वक्तब्य सच्याइयो, प्रधानमन्त्रीलाई औपचारिक बधाई

काठमाडौँ । नेकपा (एमाले) गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा

यूएईको अबुधाबीमा क्षेप्यास्त्रका भग्नावशेष खस्दा सात नेपाली घाइते

काठमाडौं । संयुक्त अरब इमिरेट्स यूएईको राजधानी अबुधाबीमा क्षेप्यास्त्रका भग्नावशेष

नापी कार्यालय भैरहवाबाट दुई जना विचौलिया पक्राउ

भैरहवा । नापी कार्यालय भैरहवा परिसरबाट प्रहरीले दुई जना विचौलियालाई

दोस्रो सौभाग्य कपमा विजयी हुदै सम्पूर्ण क्लब क्वाटरफाईनलमा प्रवेश

बुटवल । सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य गोल्डकप २०८२