२ श्रावण २०८३, शनिबार | July 18, 2026

६० किलो सुन तस्करीमा संलग्न रहेको अभियोगमा थप दुई जना पक्राउ



काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले ६० किलो सुन तस्करी प्रकरणमा संलग्न रहेको अभियोगमा थप दुई जनालाई पक्राउ गरेको छ ।

भक्तपुर जिल्ला घर भएका अन्दाजी ३२ वर्षीय मनोज श्रेष्ठ र रुपक भण्डारीलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) का प्रवक्ता एवं प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए । उनले भने, “६० किलो सुन तस्करी प्रकरणमा संलग्न रहेको अभियोगमा हाम्रो टोलीले नेपाल भारत सिमाक्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको हो, उक्त विषयमा थप अनुसन्धान भइरहेको छ ।” कानुनी रिट पुर्याउन सिमाक्षत्रबाट पक्राउ गरिएको सीआइबीले दाबी गरेपनि उनीहरुलाई भारतको दिल्लीबाट पक्राउ गरेर नेपाल ल्याइएको स्रोतले जनाएको छ ।

उक्त सुन तस्करी प्रकरणमा दोस्रो चरणको अनुसन्धानका क्रममा पक्राउ पर्नेको सङ्ख्या २० जना पुगेको प्रवक्ता बोगटीले बताए ।

प्रकाशित मिति : ५ असार २०८१, बुधबार  ७ : ५० बजे

घट्यो नेपालगन्ज भन्सारको राजश्व सङ्कलन, गत आवको तुलनामा १६ करोड कम राजश्व

नेपालगन्ज । नेपालगन्ज भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८२/८३ मा

उद्योग विभागद्वारा ५८ अर्ब बराबर वैदेशिक लगानीको प्रतिबद्धता स्वीकृत

काठमाडौं । उद्योग विभागले आर्थिक वर्ष २०८२/८३ मा रु ५८

बागमती सरकारबाट राजीनामा दिन आफ्ना मन्त्रीलाई एमालेको निर्देशन

हेटौंडा। बागमती प्रदेश सरकारमा सहभागी नेकपा (एमाले)का सबै ६ मन्त्रीलाई

इरानको चेतावनी : अमेरिकी सेना रहेका देशहरू ‘उचित जवाफ’का लागि तयार रहून्

काठमाडौं। इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी)ले आफ्नो भूमिमा अमेरिकी

बुटवल कोरा २०२६ : मुक्तिनाथ बाबा साइकलमा सरर… …

बुटवल । मणिमुकुन्द बुटवल कोरा २०२६ शनिबार सम्पन्न भएको छ