४ बैशाख २०८३, शुक्रबार | April 17, 2026

रुस र उत्तर कोरियाबीच व्यापक साझेदारी सन्धी, बाह्य देशले आक्रमण गरे एकअर्कालाई सहयोग गर्ने



प्योङयाङ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार पश्चिमलाई स्पष्टरूपमा चेतावनी दिँदै उत्तर कोरिया र रुसबीच हस्ताक्षरित नयाँ सन्धिको पक्ष मुलुकले आक्रामकताको सामना गरेको अवस्थामा ‘पारस्परिक सहयोग’ प्रदान गर्ने बताएका छन् ।

उत्तर कोरियाले युक्रेनमा प्रयोगका लागि रुसलाई हतियार आपूर्ति गरेको आरोप लगाउने पश्चिमी मुलुकहरूसँग मस्कोले सम्बन्ध तोडेको छ । मस्कोको युक्रेन आक्रमणको दुई वर्षभन्दा बढी समयमा पुटिनले उत्तर कोरियाको भ्रमण गरेका हुन् ।

“आज हस्ताक्षरित व्यापक साझेदारी सन्धिले यस सन्धि पक्षहरूमध्ये कुनै एकविरुद्ध आक्रामकताको अवस्थामा पारस्परिक सहयोग प्रदान गर्दछ”, पुटिनले भने, “यो अग्रणी दस्तावेज हो र यसले हाम्रो सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने छ ।”

पुटिनले उत्तर कोरियासँग ‘सैन्य–प्राविधिक सहयोग’ लाई पनि अस्वीकार गर्नुभएन र युक्रेनमा मस्कोको काममा समर्थनका लागि उत्तर कोरियालाई धन्यवाद दिए।

रुसी समाचार एजेन्सीहरूले किमलाई उद्धृत गर्दै सन्धि ‘रक्षात्मक’ भएको बताएका छन् । उनले उत्तर कोरियाको ‘सबैभन्दा प्यारो मित्र’ का रूपमा पुटिनको प्रशंसा गरे ।

रुस अहिले उत्तर कोरियासँगै विश्वमा सबैभन्दा धेरै प्रतिबन्ध भएको मुलुकहरूमा सामेल भएको समयमा पुटिनको भ्रमण भएको छ ।

पुटिनले लामो समयदेखि मस्को र प्योङयाङ पश्चिमी प्रतिबन्धहरूको ‘दमन’ को विरोध गर्न एकसाथ खडा हुने बताए ।

“रुस र कोरियाको स्वतन्त्र विदेश नीति छ र उनीहरू ब्ल्याकमेल तथा तानाशाहीको भाषालाई सहन सक्तैनन्”, उनले भने, “हामीले राजनीति, अर्थतन्त्र र अन्य क्षेत्रमा आफ्नो वर्चस्व कायम राख्ने उद्देश्यका साथ पश्चिमले प्रयोग गर्ने साधनका रूपमा दमनकारी प्रतिबन्ध अभ्यासको विरोधलाई निरन्तरता दिनेछौँ ।”

उनले विश्वमा सबैभन्दा दमनकारीमध्येको एक उत्तर कोरिया शासनमाथि संयुक्त राष्ट्रसङ्घको प्रतिबन्धको पुनः जाँच हुनुपर्ने बताए । “उत्तर कोरियाप्रति राष्ट्रसङ्घीय सुरक्षा परिषद्मा अमेरिका र उसका सहयोगीहरूद्वारा प्रेरित अनिश्चितकालीन प्रतिबन्धात्मक शासनको समीक्षा गर्न आवश्यक छ”, उनले भने ।

यसै वर्षको प्रारम्भमा उत्तर कोरियामाथि लगाइएको प्रतिबन्धहरूको आधिकारिक राष्ट्रसङ्घीय अनुगमनलाई प्रभावकारी रूपमा आफ्नो भिटो शक्तिको प्रयोग गरेपछि पुटिनको उक्त टिप्पणी आएको हो । उक्त कदम प्योङयाङका लागि ठूलो जित थियो ।

यसैबीच राष्ट्रपति पुटिनले मस्को र प्योङयाङले ‘अमेरिकी आधिपत्य’ विरुद्ध लडिरहेको बताएका छन्।

उत्तर कोरियाली नेता किम जोङ उनले दुई मुलुकबीचको साझेदारीले एसिया–प्रशान्त क्षेत्रमा ‘शान्ति र स्थायित्व’ लाई अगाडि बढाएको दाबी गरे ।

पुटिन दुर्लभ राजकीय भ्रमणका क्रममा उत्तर कोरियामा थिए । त्यहाँ दुवै नेताले सैन्य, आर्थिक र राजनीतिक सम्बन्धलाई अझ गहिरो बनाउन ‘व्यापक रणनीतिक साझेदारी’ मा हस्ताक्षर गरे ।

“आज हामी संयुक्त राज्य अमेरिका र उसका उपग्र देशहरूको आधिपत्यवाद र नव–उपनिवेशवाद अभ्यासविरुद्ध एकसाथ लडिरहेका छौँ”, पुटिनलाई उद्धृत गर्दै रुसी राज्य समाचार एजेन्सीहरूले भनेका छन् ।

किमले दुई मुलुकबीच हस्ताक्षरित सन्धिलाई भव्य, महान कार्यक्रम भन्दै सन्धिले इमान्दारीपूर्वक एक शताब्दीका लागि कोरियाली–रुसी सम्बन्धलाई प्रत्याभूति दिने बताए ।

“यसले क्षेत्रमा शान्ति र स्थिरता कायम राख्न पूर्णरूपमा योगदान दिनेछ र दुवै मुलुकको सुरक्षा स्थितिलाई अझ धेरै विश्वसनीय आधारमा स्थापित गर्नेछ”, किमलाई उद्धृत गर्दै रुसी राज्य समाचार एजेन्सीहरूले भनेका छन् ।

मस्को र प्योङयाङबीच बढ्दो गठबन्धनले दक्षिण कोरियाका साथै पश्चिम र युक्रेनमा चिन्ता उत्पन्न गरेको छ । अमेरिका र उसका सहयोगीहरूले उत्तर कोरियामाथि युक्रेनमा आक्रमण गर्नका लागि रुसलाई गोलाबारुद र क्षेप्यास्त्रहरू उपलब्ध गराएको आरोप लगाएका छन् । किएभले युद्धको मैदानमा उत्तर कोरियाली गोलाबारुदको टुक्रा फेला परेको सूचना दिएको छ ।

पुटिनले पछिल्लो पटक २४ वर्षअघि उत्तर कोरियाको भ्रमण गरेका हुन् ।

प्रकाशित मिति : ५ असार २०८१, बुधबार  ८ : २९ बजे

संसदीय दलको नेता चयन गर्न कांग्रेस सांसदहरुको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्न पार्टीका

बुटवलमा ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षणका लागि उपमहानगरपालिका र प्रदेश जनस्वास्थ्य प्रयोगशालाबीच सम्झौता

बुटवल । बुटवल उपमहानगरपालिका र प्रदेश जनस्वास्थ्य प्रयोगशाला तामनगरबीच ज्येष्ठ

दुई दिनको बिदाले पर्यटन व्यवसायी उत्साहित, आर्थिक क्षेत्र चलायमान हुने विश्वास

पोखरा । सरकारले आइतबार सार्वजनिक बिदा थप गरेपछि पर्यटन व्यवसायी

कोरियाबाट फर्किएका कामदारको पुनःएकीकरणमा सघाउन २५ लाख डलर सहयोग

काठमाडौं । कोरियाली अन्तरराष्ट्रिय सहयोग नियोग (कोइका)ले दक्षिण कोरियाबाट फर्किएका

नेपाल-लिथुआनिया सम्बन्ध सुदृढीकरणबारे छलफल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि लिथुआनियाका गैरआवासीय राजदूत