२३ चैत्र २०८२, सोमबार | April 6, 2026

गर्भवती दीपिकालाई लिएर लन्डन गए रणवीर



काठमाडौं । बलिउडको पावर जोडी रणवीर सिंह र दीपिका पादुकोण बिहीबार बिहान मुम्बई एयरपोर्टमा देखिए । यहाँ रणवीर पहिले कारबाट ओर्लिए र त्यसपछि उनले ६ महिनाकी गर्भवती पत्नी दीपिकालाई कारबाट बाहिर निस्कन मद्दत गरे ।

दीपिका र रणवीरको जोडी आफ्नो बेबीमुन मनाउन लन्डन प्रस्थान गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । दीपिकाले सेप्टेम्बरमा आफ्नो पहिलो बच्चा जन्माउने बताइएको छ ।

एयरपोर्टमा दुवैजना कालो पहिरनमा जुम्ल्याहा देखिएका थिए । जहाँ रणवीर कालो टी–सर्ट, डेनिम र सेतो जुत्तामा देखिएका थिए । दीपिका कालो बडीकन ड्रेसमा देखिएकी थिइन् ।

यसअघि बुधबार साँझ मुम्बईको जुहुस्थित नोभोटेल होटलमा आयोजित फिल्म ‘कल्की २८९८ एडी’को प्रि-रिलिज कार्यक्रममा पनि उनी पुगेकी थिइन् । यस कार्यक्रममा फिल्मका स्टार कास्टका अमिताभ बच्चन, प्रभास र कमल हसन जस्ता सुपरस्टारहरू पनि उपस्थित थिए ।

यहाँ अमिताभ बच्चनले गर्भवती दीपिका पादुकोणलाई स्टेजमा चढ्दा साथ दिएका थिए । दीपिका स्टेजबाट ओर्लिदा भने प्रभासले उनलाई सहयोग गरेको थियो । यस क्रममा अमिताभ बच्चनको रमाइलो स्टाइल पनि देखियो । दुवै भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएका छन् ।

यस कार्यक्रममा दीपिका हाई हिल लगाएर पुगेकी थिइन्, जसका कारण केही प्रयोगकर्ताहरूले उनलाई सामाजिक सञ्जालमा ट्रोल गरेका थिए ।

प्रकाशित मिति : ६ असार २०८१, बिहिबार  ३ : ५८ बजे

राष्ट्र बैंकले तोक्यो बैंकहरुको नयाँ समय तालिका

नेपालगन्ज । सरकारले सरकारी कार्यालय, सार्वजनिक निकाय र शैक्षिक संस्थाहरुमा

निजी विद्यालयमा लिइएको भर्ना शुल्क फिर्ता गराउन निर्देशन

काठमाडौँ । सरकारले निजी (संस्थागत) विद्यालयहरुमा लिइँदै आएको कानुनविपरीत भर्ना

बुटवल प्रहरीको ‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियान आज पनि १० ओटा मोटरसाइकल नियन्त्रण

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले सञ्चालन गरेको ‘अपरेसन साइलेन्ट

नेपालगन्जमा लागु भएको ३ वर्ष पाठ्यपुस्तक परिवर्तन गर्न नपाइने

नेपालगन्ज । नेपालगन्ज उपमहानगर क्षेत्रमा सञ्चालनमा रहेका संस्थागत (नीजि) विद्यालयहरुलाई

लुम्बिनी प्रदेश सरकारद्वारा स्थानीय तह वित्तीय अनुदानको सीमा निर्धारण

दाङ । लुम्बिनी प्रदेश सरकारले स्थानीय तहलाई प्रदान गरिने अनुदानको