१३ जेष्ठ २०८३, बुधबार | May 27, 2026

सूर्य नेपाल प्रिमियर गल्फको तेस्रो दिन सुवास शीर्षस्थानमा, भुवन र दिनेश एक स्ट्रोकले पछि



काठमाडौ । डिफेन्डिङ च्याम्पियन सुबाश तामाङले ५-अन्डर ६७ को स्कोर दर्ज गर्दा समग्रमा १२-अन्डर २ सय ४ सहित सूर्य नेपाल गल्फ टुर २०२३-२४ को अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसीपको तेस्रो दिन शीर्षस्थानमा उक्लन सफल भएका छन।

सुवासले दोस्रो दिनका संयुक्त लिडर भुवन नगरकोटी र दिनेश प्रजापतिलाई अन्तिम १८ होलको खेल बाँकी रहँदा एक स्ट्रोकले पछि पारे। यो सँगै उपाधि होड निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको छ।

दिनेश र भुवनले समग्रमा ११-अन्डर २ सय ५ स्कोर गरे। उनीहरू दुवै आज १-अन्डर ७१ खेल्दै मा संयुक्तरुपमा दोस्रो स्थानमा झरे। एमेच्योर सदभाव आचार्य र धरानका प्रो निरज तामाङ समग्रमा ९अन्डर २ सय ७ स्कोर सहित संयुक्तरुपमा चौथो स्थान बाँडे। दुवैले तेस्रो दिनको खेल २अन्डर ७० मा पुरा गरे।

आज १-अन्डर ७१ सहित समग्रमा ६-अन्डर २ सय १० को स्कोरमा तोरण विक्रम शाही छैटौं स्थानमा छन। एमेच्योर विजय श्रेष्ठ आइन्हाउस ५-अन्डर २ सय ११ को स्कोरमा सातौं, ४-अन्डर २ सय १२ सहित जयराम श्रेष्ठ आठौं र १(अन्डर २ सय १५ सहित एमेच्योर सुमन परियार नवौं स्थानमा रहे। विजय र जयरामले आज इभन-पार ७२ तथा सुमनले ३-ओभर ७५ को स्कोर कार्ड बनाए।

समग्रमा इभन-पार २ सय १६ को स्कोरमा एमेच्योरद्वय राहुल विश्वकर्मा र तेन्जिङ पाल्देन तथा प्रो सञ्जय लामाले संयुक्तरुपमा दशौं स्थान बाँडे। राहुलले ३-अन्डर ६९, तेन्जिङले १(अन्डर ७१ र सञ्जयले ४-ओभर ७६ मा दिनको खेल सकाए।

दोस्रो दिन संयुक्तरुपमा तेस्रो स्थानमा रहेका सुबाशले शीर्षस्थानमा उक्लने क्रममा फ्रन्ट नाइन २-अन्डर ३४ मा पुरा गरे। चौथो होलमा एक सट खेर फाले भने तेस्रो, सातौं र नवौं होलमा बर्डी प्रहार गरे। यसपछि ५-पारको १२औं होलमा इगलको सफलता प्राप्त गरे भने लगतै १३औं होलमा एक सट बचाए। ब्याक नाइन ३-अन्डर ३३ मा सकाए। एमेच्योर गल्फर हुँदा पाँच प्रतियोगिता जितेका सुबाश प्रो बनेपछि पहिलो उपाधि जित्ने दाउमा रहेका छन।

दिनेशले फ्रन्ट नाइन ३-अन्डर ३३ मा सकाउने क्रममा पहिलो, तेस्रो र सातौं होलमा बर्डी प्रहार गरे। यसपछि ११औं होलमा पनि एक सट बचाए। तर १२औं होलको डबल बोगी र १५औं होलको बोगीले ब्याक नाइन २-ओभर ३८ मा सकाउन बाध्य भए।

भुवनले पनि दिनेशले जस्तै फ्रन्ट नाइन ३-अन्डर ३३ मा र ब्याक नाइन २-ओभर ३८ मा पुरा गरे। सुरूवात राम्रो गर्ने क्रममा दोस्रो, तेस्रो, पाँचौ र सातौं होलमा चार बर्डी प्रहार गरे। आठौं होलमा एक सट खेर फाले।

यसपछि १४औं होलमा बिर्सनलायक प्रदर्शन गरे। भुवनले ४(पारको उक्त होलमा दुई पटक आउट अफ बाउन्ड्स (ओबी) प्रहार गर्दा चार सट खेर फाले। तर १७औं र १८औं होलको बर्डीले उनलाई केहि राहत मिल्यो।

एमेच्योर सदभावले फ्रन्ट नाइन र ब्याक नाइन दुवै १-अन्डर ३५ मा सकाए। उनले तेस्रो, चौथो र ११औं होलमा बर्डी प्रहार गर्दा छैटौं होलमा बोगी खेपे। निरजले दोस्रो र आठौं होलको बर्डीले फ्रन्ट नाइन २-अन्डर ३४ मा सकाए। यसपछि ११औं होलको बोगी विरूद्ध १२ औ होलको बर्डीले ब्याक नाइन इभन-पार ३६ मा सकाए।

सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गत सिजनको सबै भन्दा ठुलो प्रतियोगितामा कुल १५ लाख ५० हजार नगद पुरस्कार राशी रहेको छ। प्रतियोगिताको विजेताले २ लाख ७५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन। दोस्रो र तेस्रो हुनेले क्रमशः १ लाख ७५ हजार र १ लाख २२ हजार प्राप्त गर्नेछन। यस्तै चौथो र पाँचौ हुनेलाई १ लाख २ हजार र ८० हजार प्रदान गरिनेछ। सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसीपको प्रो-एम प्रतियोगिता शनिबार हुनेछ। जहाँ २५ प्रो र १०० एमेच्योर गल्फरको सहभागीता रहनेछ।

प्रकाशित मिति : ६ असार २०८१, बिहिबार  ८ : ३७ बजे

पोखराको फिर्केखोलाको खोलाघरका १०५ अतिक्रमित संरचना भत्काइयो

पोखरा । पोखराको मध्यभाग भएर बग्ने फिर्के खोलाको अतिक्रमण हटाउन

डिडिसीका कागजात प्रहरीको नियन्त्रणमा

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले आज लैनचौर

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित

दाङ । लुम्बिनी प्रदेशसभाको बैठकले आर्थिक वर्ष २०८३/०८४ का लागि

सार्वजनिक संस्थान : २७ नाफा र १६ घाटामा सञ्चालित, दुई बन्द

काठमाडौं । सरकारले आज सार्वजनिक गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति

नख्खु जेल प्रकरणमा रवि लामिछानेसहित चार जनामाथि सूक्ष्म अनुसन्धान सिफारिस

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा नख्खु